News Portal

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

२६५ पटक

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको पाइएको छ। पछिल्लो समय घर निर्माण गर्दा सौन्दर्यका लागि मार्बल र टायल्स प्रयोग गर्ने होड बढेसँगै खुला सीमा क्षेत्रबाट अवैध रूपमा मार्बल र टायल्स धमाधम नेपाल भित्रिन थालेका छन्।

नेपालमा प्रतिकार्टुन ६ सय रुपैयाँमा बिक्री भइरहेका टायल्स भारतमा भारतीय रुपैयाँ २५० अर्थात् नेपाली करिब ४ सय रुपैयाँमा खरिद बिक्री हुँदै आएका छन्। नेपालमा भन्दा प्रतिकार्टुन करिब २ सय रुपैयाँ सस्तो पर्ने भएकाले अवैध रूपमा नेपाल भित्र्याउने क्रम बढेको हो।

रंगेलीको चोप्राह, धनापट्टी, सुनवर्षीको डाइनियाँ, सिक्टी, मायागन्ज तथा झापाको गौरिगञ्ज सीमा क्षेत्रबाट लुकाइछिपाई टायल्स नेपाल भित्र्याइने गरेको स्रोतले जनाएको छ। रंगेलीमा स्टक गरेर व्यापारीहरूले ती टायल्स पथरी, उर्लाबारी, केराबारी, लेटाङ, खोरसाने र झापाका दमक, केर्खा लगायतका स्थानसम्म बिक्री वितरणका लागि लैजाने गरेको स्रोतको दाबी छ।

केही महिना अघि आन्तरिक राजस्व कार्यालय इटहरीले टायल्स राखिएको घरमा छापा मार्ने तयारी गरेको सूचना तस्करहरूले पहिल्यै पाएपछि रातारात उक्त स्थानबाट टायल्स अन्यत्र सारिएको थियो।

हिजोसम्म सामान्य व्यवसाय गरेर परिवार पाल्दै आएका केही व्यक्तिहरू अहिले टायल्स तस्करीमा संलग्न भई तस्करीकै माध्यमबाट आफ्नो व्यवसाय विस्तार गरिरहेका छन्। इलाका प्रहरी कार्यालय रंगेलीले विभिन्न समयमा विभिन्न सामग्री बरामद गरे पनि ठूलो मात्रामा भइरहेको टायल्स तस्करीमा भने अहिलेसम्म टायल्स बरामद गर्न नसकेको अवस्था छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...