News Portal

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

२९७ पटक

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भइरहेको छ। सहकार्यको सम्भावनाबारे केन्द्रित यो छलफल ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा चलिरहेको हिमाली संचारलाई जानकारी प्राप्त भएको छ।

छलफल भित्र जारी रहँदा बाहिर भने जेनजी अभियन्ता सुदन गुरुङले सहमतिको दबाब दिन अनौठो तरिकाको विरोध जनाएका छन्। उनले छलफल स्थलको गेटमा ताला लगाएको बताएका छन्। सहमति नहुन्जेलसम्म रवि लामिछाने र बालेन शाहलाई बाहिर निस्कन नदिने उनको भनाइ छ।

सुदन गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा सहकार्य देशको आवश्यकता भएको उल्लेख गर्दै दबाब सिर्जना गर्न गेटमा ताला लगाइएको दाबी गरेका छन्। सम्झौता नहुँदासम्म गेट नखोलिने र आफूहरू त्यहीँ निगरानीमा रहने उनले बताएका छन्।

रवि लामिछाने र बालेन शाहबीचको यो भेटले आगामी निर्वाचनमा सम्भावित राजनीतिक सहकार्यको संकेत गर्छ कि गर्दैन भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ। यस विषयमा दुवै पक्षबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...