News Portal

चार आदर्श अभिभावक सम्मानित

२२० पटक

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना अभिभावकलाई आदर्श अभिभावक सम्मान प्रदान गरेको छ। पुस ९ गते बुधबार झापा जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालय, शिवगन्जमा आयोजित कार्यक्रममा आदर्श अभिभावक शिवलाल सुवेदी, धर्मप्रसाद भेटुवाल, यमबहादुर दर्जी र चन्द्रकला सापकोटालाई जनही दुई हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

कोशी प्रदेशको सुनसरी जिल्ला सदरमुकाम इनरुवामा जीवनको लामो समय बिताएका पिता स्व. प्रजापति देव ढुंगेल र माता स्व. हरिमाया ढुंगेलका सुपुत्र स्व. श्यामदेव ढुंगेलको स्मृतिमा उक्त प्रतिष्ठान स्थापना गरिएको हो। प्रतिष्ठानले ज्येष्ठ नागरिकप्रतिको सम्मान स्वरूप यो कार्यक्रम आयोजना गरेको जनाएको छ।

समाजमा विद्यमान असल र कर्तव्यनिष्ठ अभिभावकलाई प्रोत्साहन गर्ने उद्देश्यले आदर्श अभिभावक सम्मान प्रदान गरिएको प्रतिष्ठानका संस्थापक संरक्षक रामप्रसाद ढुंगेलले जानकारी दिए। स्व. श्यामदेव ढुंगेलको योगदानको कदर गर्ने, उहाँको व्यक्तित्वको प्रचार–प्रसार गर्ने, सरल स्वभावका कारण परिवार, सन्तान र समाजमा पारेको प्रभावबारे नयाँ पुस्तालाई जानकारी गराउने तथा उहाँको जीवनीमा आधारित वृत्तचित्र निर्माण गर्ने लक्ष्यसहित प्रतिष्ठान स्थापना गरिएको हो। सोही उद्देश्यअनुसार पहिलो चरणमा सम्मान कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

प्रतिष्ठानले स्व. श्यामदेव ढुंगेलजस्तै सरल, इमानदार र आदर्श अभिभावकहरूको पहिचान गरी हरेक वर्ष पुस ९ गते आदर्श अभिभावक सम्मान कार्यक्रम आयोजना गर्ने जनाएको छ। पुस ९ गते स्व. श्यामदेव ढुंगेल र प्रतिष्ठानका संरक्षक छोरा रामप्रसाद ढुंगेलको जन्मदिन पनि परेकाले सोही अवसरमा कार्यक्रम आयोजना गरिएको हो।

यस सम्मान कार्यक्रमका लागि झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालय तथा सुनसरीको इनरुवा नगरपालिकास्थित श्री देवकोटा प्राथमिक विद्यालय र भगवती माध्यमिक विद्यालय छनोट गरिएको छ। ती विद्यालयहरूमा स्व. श्यामदेव ढुंगेलका छोराहरू क्रमशः रामप्रसाद ढुंगेल, सन्जय ढुंगेल र राजु ढुंगेलले प्रारम्भिक शिक्षा हासिल गरेकाले पहिलो चरणमा ती विद्यालयका आदर्श र जिम्मेवार अभिभावकलाई सम्मान गरिएको हो।

झापाको शिवसताक्षी–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो। विद्यालयका शिक्षक भक्तिप्रसाद काफ्लेको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो। चारमध्ये तीन जना अभिभावकको सिफारिस सिफारिस समितिबाट गरिएको र एक जनाको सिफारिस दाताको परिवारबाट गर्ने सहमति भएको जनाइएको छ।

यो सम्मान कार्यक्रम स्व. श्यामदेव ढुंगेलको जन्मदिन तथा पुण्यतिथिको अवसर पारेर छनोट गरिएका विद्यालयहरूमा हरेक वर्ष आयोजना गरिनेछ। कार्यक्रमलाई निरन्तरता दिन ढुंगेल परिवारले निश्चित रकम स्थानीय वित्तीय संस्थामा अक्षयकोषका रूपमा राख्ने र सोही कोषको ब्याजबाट झापा र सुनसरीका तोकिएका विद्यालयहरूमा कार्यक्रम सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष सन्जय ढुंगेलले बताए।

सम्मान कार्यक्रमसँगै शिवसताक्षी नगरपालिका–६ वडा कार्यालयको आयोजनामा अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको थियो। विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ६ का अध्यक्ष मनोज कार्की रहेका थिए।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...