News Portal

जाडोयाममा भक्काको व्यापार बढ्दै

१६१ पटक

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको व्यापार बढ्न थालेको छ। बिहानैदेखि महिलाहरू भक्का बेच्न व्यस्त देखिन्छन्। तराई क्षेत्रमा बसोबास गर्ने अति विपन्न घरपरिवारका महिलाहरूले जाडोयामको समयमा भक्कालाई आम्दानीको मुख्य माध्यम बनाएका छन्।

उनीहरूले मंसिर महिनादेखि सुरु हुने भक्काको व्यापार माघ महिनासम्म गर्ने गरेका छन्। बिहानको समयमा रंगेली बसपार्क, मुख्य बजार, अस्पताल चोक, तेत्री टोल, पिपल चोकलगायत स्थानहरूमा भक्का बिक्री हुँदै आएको छ।

भक्का तयार गर्न महिलाहरूले चामल दिनभरि भिजाएर साँझको समयमा मिलमा लगेर वा ओखलीमार्फत पिठो बनाउने गर्छन्। त्यसपछि एउटा भाँडामा पानी उमालेर त्यसको बाफमा पिठोलाई बटुकामा हालेर पकाइन्छ। यसरी तयार गरिएको भक्का प्रतिगोटा ५ रुपैयाँदेखि १० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

महिलाहरूले बिहान ५ बजेदेखि १० बजेसम्म १० देखि १५ केजीसम्मको पिठोबाट भक्का बिक्री गर्ने गरेका छन्। बिहानको खाजाका रूपमा बालबालिकादेखि वृद्ध र युवासम्म भक्कालाई रुचाउने गरेका छन्।

रंगेली नगरपालिका–४ की ४५ वर्षीया आरती देवी मण्डलले दैनिक ४ सयदेखि ५ सय रुपैयाँसम्म भक्का बेचेर आम्दानी गर्ने गरेको बताइन्। बिहानको समयमा भक्कालाई नास्ताको रूपमा सर्वसाधारणले अत्यधिक मन पराउने गरेको स्थानीय हरिया देवी साहले बताइन्।

अहिले भक्कासँगै आलु चपको बिक्री पनि बढ्दो क्रममा रहेको स्थानीय रीता मण्डलले जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...