
काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार, पत्र आज मंगलबार लेखकलाई पठाइएको हो। उनले थपे कि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने अहिलेसम्म बयानका लागि पत्र पठाइएको छैन।