News Portal

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

३०३ पटक

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन समयमै हुनेमा शंका व्यक्त गरेका छन् । सरकार र आन्दोलनरत पक्षको व्यवहारका कारण चुनावी वातावरण बन्न नसकेको उनको भनाइ छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँग भएको छलफलमा गुरुङले अन्तरिम सरकारसँग १० बुँदे सम्झौता गर्ने पक्षकै अगुवाबाट निर्वाचन हुन नदिने अभिव्यक्ति आइरहेको उल्लेख गरे । सम्झौताको मसी सुक्न नपाउँदै यस्ता भनाइ आउनुले सरकार निर्वाचन गराउन कत्तिको तयार छ भन्ने प्रश्न उठ्ने उनले बताए ।

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको टेलिभिजन अन्तर्वार्तालाई स्मरण गराउँदै गुरुङले प्रधानमन्त्रीले ‘जेठो छोरो’ भनेका व्यक्तिबाटै चुनाव रोक्ने कुरा आउनु गम्भीर विषय भएको बताए । यसले सरकारभित्रै अन्योल रहेको संकेत दिएको उनको टिप्पणी थियो ।

उपसभापति गुरुङले कसैलाई निषेध गरेर वा कुनै दललाई अलग राखेर स्वच्छ र निष्पक्ष निर्वाचन सम्भव नहुने स्पष्ट पारे । सबै राजनीतिक दल सहभागी हुने वातावरण बनाउन सरकार जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उनको जोड थियो ।

कांग्रेस निर्वाचनबाट कहिल्यै नभाग्ने पार्टी भएको उल्लेख गर्दै उनले शान्ति सुरक्षा र भयमुक्त वातावरण निर्वाचनको आधार भएको बताए । मतपत्र च्यात्ने, विध्वंस मच्चाउने र नागरिकको मताधिकार खोस्ने कार्य स्वीकार्य नहुने भन्दै अन्तरजिल्ला र विदेशमा रहेका नेपालीको मतदान विषयलाई पनि गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरे ।

उनका अनुसार फागुन २१ को निर्वाचन सफल बनाउन सरकार अब औपचारिक आश्वासनभन्दा व्यवहारमै गम्भीर देखिनुपर्ने अवस्था आएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...