News Portal

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

२७९ पटक

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा समझदारी नजिक पुगेको संकेत देखिएको छ । उनीहरू निकट स्रोतका अनुसार दुवै नेताले चरणबद्ध रूपमा एकअर्कालाई साथ दिने सहमति तयार पारिरहेका छन् ।

सोमबार राति कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम साहको कार्यालय भवनमा करिब सात घण्टा लामो छलफल भएको थियो । उक्त छलफलपछि रवि र बालेन एउटै गाडीमा बाहिरिएका थिए । सुरुमा असिम साह र कुमार बेनसहित संयुक्त छलफल भए पनि पछि रवि र बालेनबीच लामो समय एक्लाएक्लै संवाद भएको स्रोतले जनाएको छ ।

छलफलका औपचारिक एजेन्डा सार्वजनिक नभए पनि उनीहरू आगामी निर्वाचन र त्यसपछिको राजनीतिक नेतृत्वबारे साझा बाटो खोज्ने प्रयासमा देखिएका छन् । स्रोतका अनुसार यसपटक बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि बढाउन रवि सकारात्मक छन् । बदलामा अर्को चुनावमा बालेनले रविलाई समर्थन गर्ने समझदारी बन्ने क्रममा छ ।

दुवै नेता एउटै राजनीतिक संरचनामा अघि बढ्ने वा नयाँ स्वरूप दिने विषयमा पनि छलफल भइरहेको बताइन्छ । बालेनले रास्वपाको घण्टी चुनाव चिह्न स्वीकार्न सक्ने संकेत दिए पनि पार्टीको नाम र संगठनात्मक संरचनाबारे अझै सहमति जुट्न बाँकी छ ।

रवि बालेनसँग एकता र शक्ति बाँडफाँटमा लचिलो देखिएका छन् । यसअघि चितवनमा आयोजित कार्यक्रममा उनले देशको हितका लागि आफू कुनै पनि त्याग गर्न तयार रहेको बताएका थिए ।

कमलपोखरी बसाइको योजना चितवनबाट काठमाडौं फर्किएपछि तय भएको हो । सुरुमा अन्य स्थान प्रस्ताव भए पनि सुरक्षाका कारण असिम साहको कार्यालयलाई उपयुक्त मानिएको स्रोत बताउँछ । सो भेटमा डा. स्वर्णिम वाग्ले सहभागी हुने चर्चा भए पनि अन्तिम समयमा उनी सहभागी भएनन् ।

भेटवार्ताको व्यवस्थापनमा संलग्न असिम साहले छलफल सकारात्मक र सौहार्दपूर्ण भएको बताए । उनका अनुसार बालेन र रविको सहकार्यले एकताको सन्देश दिएको छ र यसलाई जनअपेक्षासँग जोडेर हेर्न सकिन्छ ।

यसैबीच, रवि र बालेनबीच वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने विषयमा पनि संवाद भएको छ । जेनजी युवाको भावना समेट्ने गरी विभिन्न समूहसँग छलफल भइरहेको र छिट्टै नयाँ राजनीतिक संकेत देखिन सक्ने नेताहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...