रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा फर्किएका छन्। शुक्रबार जेलबाट रिहा भएपछि लामिछाने आज अपराह्न ४ बजे पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्षता गर्ने कार्यक्रम तय भएको छ।
बैठकअघि दिउँसो ३ बजे पार्टीका नेता कार्यकर्ताले लामिछानेलाई स्वागत गर्ने कार्यक्रम पनि राखिएको छ। शनिबार चितवनमा भएको सभा सकेर काठमाडौं फर्किएका लामिछाने जेनजी आन्दोलनमा सहिद भएका परिवारसँग भेटघाट पनि गरेका थिए।
सहकारी ठगी प्रकरणमा जेल चलान हुँदा डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति बनेका थिए। तर लामिछाने रिहा भएपछि पार्टीले उनलाई पूर्ववत् गतिविधिमा सक्रिय हुने जानकारी गराएको छ।

















