News Portal

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

४८३ पटक

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ।

डिसेम्बर १९ तारिखका दिन कुवेतको साल्मिया क्षेत्रमा अवस्थित मरिना सामुद्रिक तटीय (Marina Beach) मा आयोजना गरिएको उक्त अभियानमा युवा शक्ति कुवेतका पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको थियो। स्थानीय सरकारबाट आवश्यक अनुमति प्राप्त गरी सञ्चालन गरिएको यस कार्यक्रममा सामुद्रिक तटीय क्षेत्रमा छरिएका प्लास्टिकजन्य फोहर, कागज, बोतललगायतका अवशेषहरू संकलन गरी उचित व्यवस्थापन गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य समुद्री वातावरणलाई स्वच्छ राख्नुका साथै समुदायमा वातावरणीय सचेतना फैलाउनु रहेको आयोजक संस्थाले जनाएको छ। अभियानमा सहभागी युवाहरूले यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै “स्वच्छ वातावरण हाम्रो साझा दायित्व हो” भन्ने सन्देश प्रवाह गरेका थिए।

उक्त सरसफाई अभियानमा युवा शक्ति कुवेत परिवारका सदस्यहरूसँगै संस्थालाई माया गर्ने विभिन्न समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै नेपाली दूतावास कुवेतका तृतीय सचिव नवीन पराजुली र गैरआवासी नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष विकास सिंह ठकुरीको समेत सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा तृतीय सचिव नवीन पराजुलीले युवा शक्ति कुवेतले गर्दै आएका सामाजिक तथा वातावरणीय कार्यको खुलेर प्रशंसा गरे। यस्ता अभियानहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।

यसैबीच, हिमाली सचारसँग कुराकानी गर्दै युवा शक्ति कुवेतका अध्यक्ष विशाल डल्लाकोटीले आगामी सरसफाई अभियान यही डिसेम्बर २६ गते शुक्रबार पुनः मरिना एरियामै आयोजना गरिने जानकारी दिए।

कार्यक्रममा सहभागी सम्पूर्ण स्वयंसेवक तथा सहभागीहरूका लागि हिमालयन हाउस रेस्टुरेन्टको तर्फबाट निःशुल्क चिया–नास्ताको व्यवस्था गरिएको थियो, जसले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

युवा शक्ति कुवेतले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक, सामाजिक तथा वातावरणीय गतिविधिहरूलाई निरन्तरता दिँदै समाज र वातावरण संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...