News Portal

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

८५ पटक

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ।

डिसेम्बर १९ तारिखका दिन कुवेतको साल्मिया क्षेत्रमा अवस्थित मरिना सामुद्रिक तटीय (Marina Beach) मा आयोजना गरिएको उक्त अभियानमा युवा शक्ति कुवेतका पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको थियो। स्थानीय सरकारबाट आवश्यक अनुमति प्राप्त गरी सञ्चालन गरिएको यस कार्यक्रममा सामुद्रिक तटीय क्षेत्रमा छरिएका प्लास्टिकजन्य फोहर, कागज, बोतललगायतका अवशेषहरू संकलन गरी उचित व्यवस्थापन गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य समुद्री वातावरणलाई स्वच्छ राख्नुका साथै समुदायमा वातावरणीय सचेतना फैलाउनु रहेको आयोजक संस्थाले जनाएको छ। अभियानमा सहभागी युवाहरूले यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै “स्वच्छ वातावरण हाम्रो साझा दायित्व हो” भन्ने सन्देश प्रवाह गरेका थिए।

उक्त सरसफाई अभियानमा युवा शक्ति कुवेत परिवारका सदस्यहरूसँगै संस्थालाई माया गर्ने विभिन्न समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै नेपाली दूतावास कुवेतका तृतीय सचिव नवीन पराजुली र गैरआवासी नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष विकास सिंह ठकुरीको समेत सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा तृतीय सचिव नवीन पराजुलीले युवा शक्ति कुवेतले गर्दै आएका सामाजिक तथा वातावरणीय कार्यको खुलेर प्रशंसा गरे। यस्ता अभियानहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।

यसैबीच, हिमाली सचारसँग कुराकानी गर्दै युवा शक्ति कुवेतका अध्यक्ष विशाल डल्लाकोटीले आगामी सरसफाई अभियान यही डिसेम्बर २६ गते शुक्रबार पुनः मरिना एरियामै आयोजना गरिने जानकारी दिए।

कार्यक्रममा सहभागी सम्पूर्ण स्वयंसेवक तथा सहभागीहरूका लागि हिमालयन हाउस रेस्टुरेन्टको तर्फबाट निःशुल्क चिया–नास्ताको व्यवस्था गरिएको थियो, जसले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

युवा शक्ति कुवेतले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक, सामाजिक तथा वातावरणीय गतिविधिहरूलाई निरन्तरता दिँदै समाज र वातावरण संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

 

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...