
कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३१ बेगनास गाउँ निवासी ७२ वर्षीया दालकुमारी परियारको कुटपिटबाट मृत्यु भएको आरोपमा २१ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिहीबार दिउँसो दालकुमारीमाथि कुटपिट भएको सूचना प्राप्त भएपछि सीआरभी अमरसिंहबाट खटिएको टोलीले आशिषलाई पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रबाट पक्राउ गरेको हो। कुटपिटकै कारण वृद्धाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।