News Portal

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

२९२ पटक

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले चुनाव हुने वातावरण नै बनाउन नसकेको बताएका छन्। सबैभन्दा बढी मतसहित निर्वाचित भएपछि पत्रकारसँगको कुराकानीमा उनले फागुन २१ गते निर्वाचन हुने सम्भावना कमजोर रहेको धारणा राखे।

गुरुङले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका हतियार अझै फिर्ता नआएको, राजनीतिक नेतामाथि पक्राउ पुर्जी जारी गर्ने र थुनछेकको चेतावनी दिने काम सरकारबाट भइरहेको बताए। यस्ता गतिविधिले देशमा भय र अस्थिरता बढाएको र चुनावी माहोल बिगारेको उनको भनाइ छ।

उनका अनुसार सरकारले आफैँ चुनाव नहुने अवस्था सिर्जना गरिरहेको छ। सुशीला कार्की नेतृत्वको सरकार आकस्मिक रूपमा बनेको र संवैधानिक मर्मअनुसार नचलेको भन्दै उनले आलोचना गरे।

सरकारले निष्पक्ष र सुरक्षित वातावरण बनाएको खण्डमा एमाले चुनावका लागि सधैँ तयार रहने गुरुङले स्पष्ट पारे। तर, नेताहरूलाई थुन्छु भन्ने धम्की र स्थान हद जस्ता निर्णयले चुनाव सम्भव नहुने उनले बताए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...