News Portal

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

३१३ पटक

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत उम्मेदवारको नामावलीसँग जोडिएको विवाद बाहिर आएको छ।

मतदानस्थलमा प्रतिनिधिहरू लाइनमा बसेर मत हालिरहेका छन् भने नेता तथा कार्यकर्ताहरू आ–आफ्नो समूहका उम्मेदवारको पक्षमा समर्थन माग्न सक्रिय छन्। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन्।

यसै क्रममा प्यानलका उम्मेदवारहरूको नामावली परिवर्तन गरी प्रचार गरेको आरोपमा एक जना व्यक्ति नियन्त्रणमा परेका छन्। पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेको प्रहरीको भनाइ छ। एमाले कार्यकर्ताहरूले सावदले उम्मेदवारको सूची अदलबदल गरेर प्रतिनिधिहरूलाई वितरण गरेको आरोप लगाएका छन्।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...