News Portal

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

३२९ पटक

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने उद्देश्यका साथ गोरखा समाज कुवेत गठन गरिएको छ। समाजको प्रथम ऐतिहासिक अधिवेशन आगामी ६ फेब्रुअरी २०२६ शुक्रबार कुवेतको खैतानस्थित राजधानी होटलको सभाकक्षमा सम्पन्न हुने भएको छ।

कुवेतमा छरिएर रहेका गोरखाली दाजुभाइ तथा दिदीबहिनीहरूको भेलाले गोरखा समाज कुवेत गठन गर्ने निर्णय गर्दै मदन पनेरूको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ। सोही समितिलाई अधिवेशन सम्पन्न गर्ने सम्पूर्ण जिम्मेवारी तोकिएको संयोजक पनेरूले जानकारी दिएका छन्।

सामाजिक, सामरिक र सांस्कृतिक पृष्ठभूमि बोकेको गोरखा जिल्लाबाट कुवेत आएर विभिन्न क्षेत्रमा कार्यरत आप्रवासी नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै सामाजिक सेवामा क्रियाशील हुने उद्देश्यका साथ समाज गठन गरिएको हो। समाजको मूल नारा “गोरखा हाम्रो सान – नेपालीको पहिलो पहिचान” रहेको छ।

समाजले वैदेशिक रोजगारीका क्रममा विभिन्न किसिमका समस्यामा परेका गोरखाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समन्वय, सहजीकरण र सहयोग गर्ने तथा गृह जिल्ला गोरखामा समेत विभिन्न समस्यामा परेकाहरूलाई सहयोग गर्दै अघि बढ्ने लक्ष्य लिएको संयोजक पनेरूले बताए।

समाजले अधिवेशनअघि नै सदस्यता विस्तार अभियान सञ्चालन गर्ने योजना बनाएको छ। त्यसैले गोरखा घर भई हाल कुवेतमा रहनु भएका सम्पूर्ण गोरखाबासीहरूलाई यसै समाचारमार्फत समाजमा आबद्ध हुन आग्रह गर्दै तपसिल बमोजिमका व्यक्तिहरूसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपसिल (सम्पर्क):

मदन पनेरू (संयोजक) – 98039897

विराज भट्ट – 97743691

अशोक श्रेष्ठ – 90932294

कुमारी गुरुङ – 99342913

मिलन राना मगर – +977 9813399498 (WhatsApp)

ज्ञान बहादुर परियार – 66281776

विकास गुरुङ – 41135655

कार्यक्रम विवरण:
कार्यक्रमः प्रथम ऐतिहासिक अधिवेशन
मितिः ६ फेब्रुअरी २०२६, शुक्रबार
स्थानः राजधानी होटल, खैतान, कुवेत
समयः दिनको ११:३० बजेदेखि

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...