News Portal

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

५०९ पटक

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत स्थापना कालदेखि नै सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएको छ। कुवेतमा कार्यरत नेपाली समुदायका दुःखी, पीडित तथा समस्यामा परेका व्यक्तिहरूको सहारा बन्दै आएको संस्थाले आवश्यक परेमा सक्दो सहयोग गर्दै आएको छ।

युवाशक्ति कुवेतका अध्यक्ष विशाल डल्लाकोटीका अनुसार हाल निलकमल म्यानपावरमार्फत नेपालबाट कुवेत आएका केही नेपाली कामदारहरू विगत दुई महिनादेखि तलब नपाएको र खानाका लागि समेत आर्थिक अभाव भएको जानकारी प्राप्त भएपछि युवाशक्ति कुवेतको टिमले तत्काल सहयोग बताए।

पीडित कामदारहरूले सिमोन भट्टराई समक्ष समस्या राखेपछि नेपाली दूतावास कुबेतमा सम्पर्क गरेका थिए।

नेपाली दूतावास कुवेतका श्रम सहचारीसमक्ष समेत विषयवस्तु अवगत गराएका थिए।कामदारहरूलाई तत्काल खाद्यान्नको गम्भीर समस्या रहेको जानकारी पाएपछि युवाशक्ति कुवेतको टिमले तुरुन्तै पहल गर्दै आवश्यक खाद्यान्न सामग्री खरिद गरी पीडित कामदारहरूलाई वितरण गरेको थियो। खाद्यान्न सहयोग प्राप्त गरेपछि पीडित कामदारहरूको अनुहारमा केही राहत र खुसी देखिएको थियो।

यस्ता मानवीय तथा सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै दुःखी, पीडित र समस्यामा परेका नेपालीहरूको साथमा युवाशक्ति कुवेत सधैं अगाडि बढिरहने अध्यक्ष विशाल डल्लाकोटीले प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, निलकमल म्यानपावरमार्फत कुवेत आएका नेपाली कामदारहरूले दुःख पाएको यो पहिलो घटना भने होइन। सिमोन भट्टराईअनुसार आजभन्दा ३–४ वर्षअघिदेखि नै निलकमल म्यानपावरसँग सम्बन्धित समस्या कुवेतमा दोहोरिँदै आएको छ भनेर भने।

पीडितहरूसँग गरिएको प्रत्यक्ष भेटघाट तथा कुराकानीका क्रममा नेपालबाट कामदार पठाउँदा प्रतिव्यक्ति १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म रकम लिने गरिएको जानकारी प्राप्त भएको छ। यति ठूलो रकम लिएर कुवेत पठाए पनि यहाँ आएपछि समस्या उत्पन्न हुँदा म्यानपावर कम्पनी जिम्मेवारीबाट पन्छिन खोज्ने गरेको पीडित कामदारहरूको गम्भीर आरोप रहेको छ।

 

 

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...