News Portal

एमाले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क तोकियो, अध्यक्षका लागि १५ हजार

२४५ पटक

काठमाडौं, मंसिर २९ – नेकपा (एमाले) ले नयाँ नेतृत्व चयनका लागि हुने आन्तरिक निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क निर्धारण गरेको छ। अध्यक्ष पदका उम्मेदवारले १५ हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ भने अन्य पदाधिकारी तथा केन्द्रीय निर्वाचन आयोगका अध्यक्षका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ।

निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएसँगै सोमबार उम्मेदवारी दर्ता कार्यक्रम अघि बढाइएको हो। केन्द्रीय सदस्य र विभिन्न आयोगका पदाधिकारी पदका उम्मेदवारका लागि भने ५ हजार रुपैयाँ शुल्क कायम गरिएको पार्टी स्रोतले जनाएको छ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। दुवै नेताले आफ्ना-आफ्ना प्यानलसहित निर्वाचनमा होमिएका छन्। उपाध्यक्ष, उपमहासचिव र सचिव पदका उम्मेदवारसमेत दुवै पक्षले तय गरिसकेका छन्।

पार्टी विधानअनुसार आगामी कार्यकालका लागि १९ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ। यसपटक सबै पदाधिकारी पदमा निर्वाचन हुने एमालेले स्पष्ट पारेको छ।

निर्वाचन पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने कार्यतालिका तय गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...