News Portal

कस्तो छ ग्रेट हिमालयन माउन्टेन एक्स्पो ? (फोटो फिचर)

हिमाली संचार संवाददाता
८५१ पटक

हरिहरसिंह राठौर
पोखरा : नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरामा पाचौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सवमा अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अबसर पारेर दोस्रो दिन मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीबाट महोत्सवको ग्रान्ड ओपनिङ गरेका छन ।

पर्वतीय एक्स्पो उद्घाटनका क्रममा पर्यटन मन्त्री अधिकारीले नेपाल भ्रमण वर्षसगै सन २०२० मा २० लाख पर्यटक भित्रिए सबैको साथ र सहयोगमा सन २०३० सम्म नेपाल संसारकै पहिलो पर्यटनको गन्तव्य बनाउन सकिने बताए ।

उनले भने ‘नेपाल पर्वतारोहण संघलाई सरकार नै मान्छौ, सरकारले गर्ने काम कै जिम्मा संघलाई लगाएका छौ, अर्थात् पर्वतारोहण संघले राजस्व संकलन गर्न पाउने, आफना ऐन नियम बनाएर हिमाल आरोहणमा अनुमति दिने एवं राजस्व संकलन गर्ने अधिकार संघलाई रहेको छ ।” मुलुक संघियता गइराख्दा पर्वतारोहण संघलाई दिएको जिम्मेवारी एवं सरकारको विश्वासलाई पूर्णरुपमा पालना गर्नेमा आफू विश्वस्त रहेको बताए ।

पर्वतारोहण संघलाई अझै राम्रो एवं व्यवस्थित बनाउनका निम्ती नेपाल सरकार हरेक कदममा साथ दिन तत्पर रहेको समेत उनले बताए ।

अन्तर्रा्ष्ट्रिय पर्वतीय दिवसको दिनमा नागरिक तथा पर्यटन उड्डयन मन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतित्थ्यतामा विश्व प्रसिद्ध हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिललाई कुमार खड्ग बिक्रम शाही अवार्ड २०१८ र सर एड्मड हिलारी लेगेसी अवार्ड २०१८ बाट डेनियल मज्युरलाई सम्मान प्रदान गरिएको थियो ।

विश्व प्रसिद्ध कुमार खड्ग बिक्रम शाही अवार्ड–२०१८ बाट सम्मानित हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिलले आफूले पाएको अवार्ड स्वर्गीय सम्पूर्ण आरोहीहरु प्रति समर्पित गरे । उनले नेपाललाई आफनो दोस्रो घरको रुपमा रहेको भन्दै विभिन्न ग्रामीण क्षेत्रमा स्कुलको समेत स्थापना गरिसकेको बताए ।

संघका महासचिव कुलबहादुर गुरुङले अन्तराष्ट्रि«य पर्वतीय संग्रहालयमा जारी महोत्सवमा हिमाली समुदायको परम्परागत सांस्कृतिक नाच, झ“ँकीहरुको प्रतिस्पर्धा जारी नै रहेको बताए । उनले पोखराको बाटुलेचौरका गन्र्धवहरुको जीवनमा आधारित ५० वर्ष पहिलेदेखि हालसम्मको अबस्थाबारे केन्द्रित रहि जापानी नागरिकले निर्माण गरेको बृतचित्र प्रस्तुत गरिएको समेत जानकारी दिए ।

लोपोन्मुख तारो हान्ने प्रतियोगिताको उद्घघाटन गण्डकी प्रदेशका सांसद इन्द्रराधा विष्टले गरेका थिए भने छेलो हान्ने प्रतियोगिताको उद्घघाटन गण्डकी प्रदेशका सांसद राजीव पहारीले गरे ।

गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, थकाली, तामाङ लगायतका जनजाति तथा समुदायहरु बिचको सांस्कृतिक नाच एवं ४० वटा मौलिक खाना एवं अन्य स्टलहरुको निरीक्षण गरी उत्कृष्ट तीनलाई पुरस्कार प्रदान गरिने संघका कोषाध्यक्ष सुर्दशन न्यौपानेले बताए । स्टलहरुमा पुरानो पोखरा का तस्वीरहरु पनि प्रदर्शनीमा राखिएकोछ ।

गत २४ गते वाट २८ किमी दुरीको ग्रेट हिमालयन साईकल दौड र २१ किमीको वैकुण्ठ मानन्धर मिनी म्याराथुन पनि आयोजना गरिएको थियो ।

थप तस्वीरहरु :

तस्वीर : हरिहरसिंह राठौर

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...