News Portal

  • कस्तो छ ग्रेट हिमालयन माउन्टेन एक्स्पो ? (फोटो फिचर)

    हिमाली संचार संवाददाता
    ५४६ पटक

    हरिहरसिंह राठौर
    पोखरा : नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरामा पाचौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सवमा अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अबसर पारेर दोस्रो दिन मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीबाट महोत्सवको ग्रान्ड ओपनिङ गरेका छन ।

    पर्वतीय एक्स्पो उद्घाटनका क्रममा पर्यटन मन्त्री अधिकारीले नेपाल भ्रमण वर्षसगै सन २०२० मा २० लाख पर्यटक भित्रिए सबैको साथ र सहयोगमा सन २०३० सम्म नेपाल संसारकै पहिलो पर्यटनको गन्तव्य बनाउन सकिने बताए ।

    उनले भने ‘नेपाल पर्वतारोहण संघलाई सरकार नै मान्छौ, सरकारले गर्ने काम कै जिम्मा संघलाई लगाएका छौ, अर्थात् पर्वतारोहण संघले राजस्व संकलन गर्न पाउने, आफना ऐन नियम बनाएर हिमाल आरोहणमा अनुमति दिने एवं राजस्व संकलन गर्ने अधिकार संघलाई रहेको छ ।” मुलुक संघियता गइराख्दा पर्वतारोहण संघलाई दिएको जिम्मेवारी एवं सरकारको विश्वासलाई पूर्णरुपमा पालना गर्नेमा आफू विश्वस्त रहेको बताए ।

    पर्वतारोहण संघलाई अझै राम्रो एवं व्यवस्थित बनाउनका निम्ती नेपाल सरकार हरेक कदममा साथ दिन तत्पर रहेको समेत उनले बताए ।

    अन्तर्रा्ष्ट्रिय पर्वतीय दिवसको दिनमा नागरिक तथा पर्यटन उड्डयन मन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतित्थ्यतामा विश्व प्रसिद्ध हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिललाई कुमार खड्ग बिक्रम शाही अवार्ड २०१८ र सर एड्मड हिलारी लेगेसी अवार्ड २०१८ बाट डेनियल मज्युरलाई सम्मान प्रदान गरिएको थियो ।

    विश्व प्रसिद्ध कुमार खड्ग बिक्रम शाही अवार्ड–२०१८ बाट सम्मानित हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिलले आफूले पाएको अवार्ड स्वर्गीय सम्पूर्ण आरोहीहरु प्रति समर्पित गरे । उनले नेपाललाई आफनो दोस्रो घरको रुपमा रहेको भन्दै विभिन्न ग्रामीण क्षेत्रमा स्कुलको समेत स्थापना गरिसकेको बताए ।

    संघका महासचिव कुलबहादुर गुरुङले अन्तराष्ट्रि«य पर्वतीय संग्रहालयमा जारी महोत्सवमा हिमाली समुदायको परम्परागत सांस्कृतिक नाच, झ“ँकीहरुको प्रतिस्पर्धा जारी नै रहेको बताए । उनले पोखराको बाटुलेचौरका गन्र्धवहरुको जीवनमा आधारित ५० वर्ष पहिलेदेखि हालसम्मको अबस्थाबारे केन्द्रित रहि जापानी नागरिकले निर्माण गरेको बृतचित्र प्रस्तुत गरिएको समेत जानकारी दिए ।

    लोपोन्मुख तारो हान्ने प्रतियोगिताको उद्घघाटन गण्डकी प्रदेशका सांसद इन्द्रराधा विष्टले गरेका थिए भने छेलो हान्ने प्रतियोगिताको उद्घघाटन गण्डकी प्रदेशका सांसद राजीव पहारीले गरे ।

    गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, थकाली, तामाङ लगायतका जनजाति तथा समुदायहरु बिचको सांस्कृतिक नाच एवं ४० वटा मौलिक खाना एवं अन्य स्टलहरुको निरीक्षण गरी उत्कृष्ट तीनलाई पुरस्कार प्रदान गरिने संघका कोषाध्यक्ष सुर्दशन न्यौपानेले बताए । स्टलहरुमा पुरानो पोखरा का तस्वीरहरु पनि प्रदर्शनीमा राखिएकोछ ।

    गत २४ गते वाट २८ किमी दुरीको ग्रेट हिमालयन साईकल दौड र २१ किमीको वैकुण्ठ मानन्धर मिनी म्याराथुन पनि आयोजना गरिएको थियो ।

    थप तस्वीरहरु :

    तस्वीर : हरिहरसिंह राठौर

    प्रतिकृया दिनुहोस्

    अशोक राई नेतृत्वको जनता समाजवादी फुट्यो

    काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ। आइतबार बसेको...

    तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न

    कुवेत-“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४...

    आज बैशाख-२३ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २३ गते आइतबार इश्वी सन २०२४ मे ५...

    सशस्त्र प्रहरीले जोगायो नदीले बगाउँदै गरेका व्यक्तिको ज्यान

    सप्तरी। बैशाख २१ गते बिहान करिब ९ बजेको हुँदो हो। कन्चनरुप नगरपालिका–१ स्थित बैरवाको उत्तर...

    आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal