News Portal

प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्दै, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

१४७ पटक

काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज नै चार नयाँ मन्त्री थपेर सरकारले चौथोपटक क्याबिनेट विस्तार गर्न लागेको हो।

शीतल निवासका स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्रिपरिषद्मा समावेश गर्ने निर्णय भएको छ। उनीहरूलाई क्रमशः महिला तथा बालबालिका, वन, श्रम तथा रोजगारी र भूमि मन्त्रालयको नेतृत्व दिने तयारी गरिएको छ।

नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम आज दिउँसो ३ बजे शीतल निवासमै हुने जनाइएको छ।

हालसम्म मन्त्रिपरिषद् १० सदस्यीय रहेको छ। गत ९ कात्तिकमा भएको पुनर्गठनपछि डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्ता युवा तथा खेलकुदमन्त्री बनेका थिए।

आजको विस्तारपछि मन्त्रिपरिषद् १४ सदस्यीय हुने छ, जसपछि सरकारले आगामी दिनमा नीति–निर्णयहरू अझ सुदृढ रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...