News Portal

प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्दै, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

२०६ पटक

काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज नै चार नयाँ मन्त्री थपेर सरकारले चौथोपटक क्याबिनेट विस्तार गर्न लागेको हो।

शीतल निवासका स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्रिपरिषद्मा समावेश गर्ने निर्णय भएको छ। उनीहरूलाई क्रमशः महिला तथा बालबालिका, वन, श्रम तथा रोजगारी र भूमि मन्त्रालयको नेतृत्व दिने तयारी गरिएको छ।

नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम आज दिउँसो ३ बजे शीतल निवासमै हुने जनाइएको छ।

हालसम्म मन्त्रिपरिषद् १० सदस्यीय रहेको छ। गत ९ कात्तिकमा भएको पुनर्गठनपछि डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्ता युवा तथा खेलकुदमन्त्री बनेका थिए।

आजको विस्तारपछि मन्त्रिपरिषद् १४ सदस्यीय हुने छ, जसपछि सरकारले आगामी दिनमा नीति–निर्णयहरू अझ सुदृढ रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...