News Portal

पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा अख्तियारको भ्रष्टाचार छानबिन

२०० पटक

काठमाडौं, २५ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन सुरु गरेको छ। अनुसन्धान विशेषगरी भिजिट भिसा प्रकरणसँग सम्बन्धित रहेको बताइएको छ।

अख्तियारले जानकारी दिएको छ कि तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, शान्ति सुरक्षा महाशाखा प्रमुख रामचन्द्र तिवारी लगायत उच्चपदस्थ कर्मचारीहरूले गैरकानुनी भिजिट भिसा प्रक्रिया मार्फत विदेश पठाउने सम्भावना रहेको आशंकामा अनुसन्धान भइरहेको छ। गृह मन्त्रालयको प्रशासन सम्हाल्ने महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी र स्वकीय सचिवहरू समेत अनुसन्धानको दायरामा छन्।

यसअघि अनुसन्धानका क्रममा सहसचिव तीर्थराज भट्टराईसँगबाट डायरी र कल डिटेल्स बरामद भएको थियो। अख्तियारले ती विवरणको आधारमा अस्वभाविक सम्पर्क र शंकास्पद गतिविधि देखिएको भन्दै गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी, स्वकीय सचिव जनक भट्ट र अध्यागमन विभागका प्रमुखहरूलाई पनि अनुसन्धानको दायरामा राखेको छ।

अख्तियारका अनुसार, प्रत्येक घटना र संलग्न प्रतिवादी अनुसार छुट्टाछुट्टै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृतसँग अस्वभाविक पहल देखिएको पाइएको छ।

अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणमा, शंकास्पद गतिविधि देखिएकाहरूको सम्बन्धमा थप छानबिन भइरहेको उल्लेख छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...