News Portal

खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

२१८ पटक

काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को ‘पफ’ उत्पादन फिर्ता लिन आदेश जारी गरेको छ। विभागले परीक्षणका क्रममा पफमा मानव स्वास्थ्यका लागि हानिकारक ‘औद्योगिक ट्रान्स फ्याट’ निर्धारित सीमाभन्दा बढी रहेको पत्ता लगाएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार ट्रान्स फ्याटको मात्रा २ प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था रहेको छ। विभागका अनुसार खजुरीको नेपालले उत्पादन गरेका ब्याच नम्बर बी १ थ्री ए र बी १ फाइभ ए का पफहरूमा यो सीमा उल्लङ्घन भएको पाइएपछि तत्काल बजारबाट फिर्ता लिन र बिक्री बन्द गर्न निर्देशन दिइएको छ।

खाद्य विभागले यी पफलाई “न्यूनस्तरको खाद्य पदार्थ” ठहर गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षित राख्न यस कदम उठाइएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...