News Portal

एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

२३० पटक

काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि फैलिँदा कार्यकर्ताबीच झडप भएको छ। आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरूले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा लोकतान्त्रिक मान्यता नपुगेको भन्दै शुक्रबार दिउँसो च्यासल पुगेका थिए।

उनीहरूले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्नो माग र असन्तुष्टि राखेका थिए। त्यही क्रममा अर्को समूहसँग हात हालाहाल भएको घटना भएको बताइएको छ।

एमालेको महाधिवेशन मंसिर २७ गते भक्तपुर सल्लाघारीमा उद्घाटन हुँदैछ। प्रतिनिधि छनोट प्रक्रिया पूरा भइसकेको भए पनि केही असन्तुष्ट नेताहरूले डेढ वर्षदेखि प्रक्रिया विधिपूर्वक नचलिएको भन्दै आपत्ति व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...