News Portal

ऊर्जामन्त्रीमाथि साम्पाङको प्रहार मेरो पछि–पछि बत्ती बन्द

२९६ पटक

धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेका छन्। साम्पाङले आफू जहाँ–जहाँ जान पुगेका छन्, त्यही स्थानमा बत्ती काटिनु संयोग नभई योजनाबद्ध गतिविधि जस्तै देखिएको आरोपसमेत गरेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै साम्पाङले लेखेका छन्। कुलमान घिसिङजी, भोजपुर गएँ। लाइन काटिदिनु भो, ताम्लिङटे (ताप्लेजुङ) गएँ लाइन काटिदिनु भो, संखुवासभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो। अब हेटौँडा जाँदैछु, त्यहाँ नि काटिदिनु है!
उनी व्यंग्य गर्दै भन्छन्,एमसिसीलाई खुसी बनाउनु! प्रभुशक्तिलाई खुसी पार्नु ल!

उनका यस्ता भनाइ सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेका छन्। साम्पाङले आफू पुगेका विभिन्न जिल्लामा बत्ती जाने घटनालाई ‘सामान्य संयोग नभई योजनाबद्ध’ जस्तो देखिएको दाबी गरेपछि ऊर्जा व्यवस्थापन, लोड व्यवस्थापन र राजनीतिक आरोप–प्रत्यारोपबारे नयाँ बहस सुरु भएको छ।

उता, मेयर साम्पाङका आरोपबारे ऊर्जा मन्त्री कुलमान घिसिङले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। नेपाल विद्युत प्राधिकरण भने सामान्यतया लोड–शेडिङ नगर्ने नीति अवलम्बन गरिरहेको बताउँदै आएको छ। तर साम्पाङको व्यंग्यात्मक अभिव्यक्तिले स्थानीय तहमा ऊर्जा सेवा सम्बन्धी असन्तुष्टि अझ सतहमा आएको देखिन्छ।यतिबेला अर्का साङपाङ सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छ भने हरेकले घोचपेच गरेर लेख्ने गरेको पाइन्छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...