
काठमाडौं, मंसिर १८ – काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङबीच आपसी समझदारी बनेको दाबी गरेका छन्। उनका अनुसार अब थप संवादका लागि सञ्चारकर्मी रवि लामिछानेसँग भेट गर्ने तयारी भइरहेको छ।
सुधनले सामाजिक सञ्जालमा उल्लेख गर्दै लेखेका छन् कि बालेन र कुलमानबीचको एकता पछि तय भएको योजना अनुसार आज रविसँग भेटेर उहाँको धारणा पनि बुझिनेछ।