News Portal

  • सलाङघाटमा झोलुङ्गे पुल गीत सार्वजनिक

    ३६ पटक

    धादिङ, मंसिर १६ – गोधूली सांस्कृतिक परिवारको नयाँ सालैजो म्युजिक भिडियो “सलाङघाटमा झोलुङ्गे पुल” सार्वजनिक गरिएको छ।

    गीत गोधूली सांस्कृतिक परिवारको आधिकारिक युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो।

    यस गीतमा रणबहादुर दर्लामी (विवश), सम्बेदन थापा र मनमाया वाइबाको स्वर रहेको छ। गीतका शब्द भुवन थापा मगरले लेखेका हुन्। लय संयोजन विवशले गरेका छन् भने एरेन्ज डोलराज बारघरे मगरले गरेका छन्।

    भिडियोमा श्याम राना मगर, सुमिना थापा, राजकुमार थापा, बिमला थिङ, महेश्वर घले र अनु थापाले अभिनय गरेका छन्।

    चित्र मास्की मगरको निर्देशनमा बनेको भिडियोमा सक्षम पुडासैनीले श्रृंगार, प्रकाश खड्काले छायांकन तथा नबिन घर्ति मगरले सम्पादन गरेका छन्।

    भिडियोमा सिद्धलेक गाउँपालिकाका प्रमुख पर्यटकीय स्थानहरू—सिद्धबाबा मन्दिर, ढेवाडाँडा, सलाङ मैदान, सलाङघाट, त्रिशूली नदी र मलेखु आसपासका मनमोहक दृश्यहरू समावेश गरिएको छ।

    स्थानीय भेषभूषा, सांस्कृतिक चलनचल्ती, प्रकृतिको सौन्दर्य र नाचगानलाई आकर्षक रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियोले अहिले दर्शकको प्रशंसा बटुलेको छ।

    स्थानीय संस्कृति झल्काउन सफल यस गीतले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    धन्यवाद।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    श्रीमानको उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको कटहरी गाउँपालिका–२, आदर्श टोलमा बसेका सुर्यनारायण राजवंशी पछिल्लो दुई वर्षदेखि...

    सिजुवा प्रहरी प्रमुख कैलाश लिम्बु लागुऔषध नियन्त्रणमा सक्रिय

    रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले नेपालमा प्रतिबन्धित लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरूलाई...

    सलाङघाटमा झोलुङ्गे पुल गीत सार्वजनिक

    धादिङ, मंसिर १६ – गोधूली सांस्कृतिक परिवारको नयाँ सालैजो म्युजिक भिडियो “सलाङघाटमा झोलुङ्गे पुल” सार्वजनिक...

    नेपाली कांग्रेस: महाधिवेशन तयारी तिव्र, गगन थापाको अतिरिक्त प्रस्तावले बैठकमा नयाँ मोड

    काठमाडौं, मंसिर १६ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र चलिरहेको बहसले सोमबारको केन्द्रीय...

    आज २०८२ साल मंसिर १६ गतेको राशिफल

    आज मंसिर १६, २०८२ (डिसेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...