News Portal

सुदन गुरुङको पोखरा भ्रमणमा अवरोध प्रयासको आरोप

१८२ पटक

पोखरा, मंसिर १५ – हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा एमाले र केही समूहले अवरोध सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

गुरुङले सामाजिक सञ्जालमार्फत बताएअनुसार, उनीहरू नयाँ पुस्ता ९जने (जी०) को संगठन विस्तार र आम नागरिकसँग भेटघाटका लागि पोखरा पुगेका थिए। तर उनीहरूको आगमनको खबर पाएपछि केही समूह र एमालेले कार्यक्रम बिथोल्ने प्रयास गरेको जानकारी उनले दिएका छन्।

उनले भने, विपक्षीहरूको अवरोधले अभियान रोक्न सक्दैन। विगतमा देशका लागि लडेको अनुभव सम्झाउँदै गुरुङले कसैसँग सामना गर्न पछि नहट्ने चेतावनी पनि दिए। उनले थपे, “हामी हिजो देशका लागि लडेका हौँ, आज अरू कसैसँग डराउने प्रश्न छैन। सत्य र देशको पक्षमा सधैं उभिनेछौँ।”

गुरुङले युवाहरूको आवाजसँग जोडिएर आफूहरू अझ बलियो हुने र गर्वका साथ झण्डा उठाएर पोखरा प्रवेश गर्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...