News Portal

सुदन गुरुङको पोखरा भ्रमणमा अवरोध प्रयासको आरोप

२६० पटक

पोखरा, मंसिर १५ – हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा एमाले र केही समूहले अवरोध सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

गुरुङले सामाजिक सञ्जालमार्फत बताएअनुसार, उनीहरू नयाँ पुस्ता ९जने (जी०) को संगठन विस्तार र आम नागरिकसँग भेटघाटका लागि पोखरा पुगेका थिए। तर उनीहरूको आगमनको खबर पाएपछि केही समूह र एमालेले कार्यक्रम बिथोल्ने प्रयास गरेको जानकारी उनले दिएका छन्।

उनले भने, विपक्षीहरूको अवरोधले अभियान रोक्न सक्दैन। विगतमा देशका लागि लडेको अनुभव सम्झाउँदै गुरुङले कसैसँग सामना गर्न पछि नहट्ने चेतावनी पनि दिए। उनले थपे, “हामी हिजो देशका लागि लडेका हौँ, आज अरू कसैसँग डराउने प्रश्न छैन। सत्य र देशको पक्षमा सधैं उभिनेछौँ।”

गुरुङले युवाहरूको आवाजसँग जोडिएर आफूहरू अझ बलियो हुने र गर्वका साथ झण्डा उठाएर पोखरा प्रवेश गर्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...