News Portal

  • भारतीय बालकको अपहरण गरी नेपालमा बन्धक, नाईके नै फोरमका नेता भएको खुलासा

    हिमाली संचार संवाददाता
    ५३३ पटक

    अपहरणमा परेका बालक महफुज आलम ।
    तस्बिर : लोकनाथ

    झापा : भारतबाट अपहरणमा परेका एक बालकको जिल्ला प्रहरी कार्यालय, झापाले सकुशल उद्दार गरेको छ । भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं . २ बाट अपहरणमा परेका ७ बर्षीय बालक महफुज आलमलाई नेपालमा बन्धक बनाएर राखिएको सुचना पाएपछि २४ घण्टा पनि बित्न नपाउँदै प्रहरीले बालकको उद्धार गरेको रेडियो कालिका एफएमले जनाएको छ।

    १५ लाख रुपैयाँ फिरौती माग गर्दै बालकलाई बन्धक बनाएर राख्नेहरुमा ४७ वर्षीय बद्री यादव, गौरीगञ्ज-४ का श्रीप्रसाद मुखिया र उनकी श्रीमती अन्जुदेवी मुखिया रहेका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार बन्धक बनाएर राख्ने बद्री यादव फोरमका स्थानीय नेता हुन् ।

    आलम ५ दिनअघि अपरहणमा परेका थिए । उनका बुवा मोहमद सदामका अनुसार मंसिर २० गते आलम मावली घरमा खेलिरहेको अवस्थामा अपहरणमा परेका हुन् । बच्चालाई अपहरणकारीसम्म पुर्‍याउन बालककै आफन्त १५ वर्षीय मोहम्मद दिलसादले भुमिका खेलेको प्रहरीले जनाएको छ ।

    प्रहरीलाई खबर गरे बालक मारिदिने धम्की दिएपछि अभिभावकले प्रहरीको साहयता लिए । बालकको खोजी गर्न बिहारबाट प्रहरीसहितको टोली नेपाल आएका थिए ।

    त्यसपछि इलाका प्रहरी कार्यालय दमकसँगको सहकार्यमा संयुक्त टोलीले मंगलबार बिहान दमक–५ गोर्खाली टोलस्थित देउराली होटलको कोठा नम्बर १०७ बन्धक बनाएर राखिएको अवस्थामा बालकको उद्धार भएको हो । प्रक्राउ परेकाहरुमाथि कानुनी कारवाही अगाडी बढाईएको बताईएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १० गतेको राशिफल

    आज कार्तिक १०, २०८२ (अक्टोबर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गङगाजमुना ५ फूलखर्क ठोट्ने पानीमा शन्तानेश्वर महादेब मन्दिरको उदघाटन सप्पन्

    गङगाजमुना -कात्तिक २०८२ कात्तिक ९ गते आइतबार पंन्चमी तिथीको दिन ठोट्नेपानीमा निर्मित श्री पशुपतिनाथ शन्तानेश्वर माहादेब...

    साथी

    कविता साथी “सुःखमा आउनेहरु मैले चाहेको दुःखमा आउनेहरू मलाई चाहेको मिठा तिता बचनहरू मैले खाएको...

    स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

    काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका...

    दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

    काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी...