News Portal

>>>>> गजल >>>>>

हिमाली संचार संवाददाता
८१९ पटक

~ अदिती अर्याल ज्ञवाली

म अचानो बनेकै’थेँ तरबारका लागि
तयार थिएँ मुटु झिक्न व्यापारका लागि

तिमीलाई सारा खुशी दिन्छु भनेर हो
मैदानमा लडिरा’छु अधिकारका लागि

एम्बुलेन्स र दमकल रोकिदिनुस् हजुर
बाटो खाली गरिदिनुस् सवारका लागि

हिजो दोबाटोमा भेट्दा नदेखे झैँ गर्नेहरू
तड्पिएको देखेँ फेरि उही प्यारका लागि

धड्कन दिएँ, वाचा दिएँ, ज्यानै बैना दिएँ
अब के दिउँ प्रियतमलाई उपहारका लागि।।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...