News Portal

साम्राज्ञी र विशाल खरेलको सम्बन्ध सार्वजनिक भएपछि विवाद

३३६ पटक

काठमाडौं, मंसिर १० – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले हालै सार्वजनिक गरेको इन्गेजमेन्टपछि उनका हुनेवाला श्रीमान् विशाल खरेलको निजी जीवनबारे नयाँ जानकारी बाहिरिएको छ। अमेरिका बसेर काम गर्दै आएका खरेल एक सन्तानका बाबु र केही समयअघि मात्र डिभोर्स भइसकेको पुष्टि भएको छ।

थाइल्यान्डमा एक म्युजिक भिडियो सुटिङका क्रममा साम्राज्ञी र खरेलबीच नजिकिन सुरु भएको बताइन्छ। यतिबेला खरेलको पूर्वपत्नी सरिताले सामाजिक सञ्जालमार्फत भिडियो जारी गर्दै आफ्नो वैवाहिक सम्बन्ध टुट्नुमा यही सम्बन्ध मुख्य कारण भएको बताएकी छिन्। उनका अनुसार सुटिङका क्रममा साम्राज्ञी र खरेलबीच अनुचित सम्बन्ध रहको थाहा पाएपछि उनले खरेलसँग छलफल गर्दा खरेलले त्यो कुरा पुष्टि गरेका थिए।

सरिताले आफूले त्यतिबेलै अलग हुने निर्णय गरेको बताउँदै अहिले दुई वर्षका बच्चाको सम्पूर्ण जिम्मेवारी आफूले सम्हालिरहेको जनाएकी छन्। उनले अनावश्यक ट्रोल र गलत टिप्पणी नगर्न आग्रह गर्दै सामाजिक सञ्जालमा आफ्नो नाममा बनेका विभिन्न खाताबारे पनि चेतावनी दिएकी छन्।

साम्राज्ञीले तीन दिनअघि इन्गेजमेन्टबारे संकेत गर्ने फोटो पोस्ट गरेकी थिइन्। दुलाहाको पहिचान भने लुकाइएकाले चर्चा झन् बढेको थियो। सामाजिक सञ्जालमा खरेल भुटानी शरणार्थी भएको विषयसमेत व्यापक चर्चामा छ।

इन्गेजमेन्ट सार्वजनिक भएसँगै अभिनेत्री साम्राज्ञीको निजी जीवन फेरि चर्चाको केन्द्रमा आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...