News Portal

साम्राज्ञी र विशाल खरेलको सम्बन्ध सार्वजनिक भएपछि विवाद

१८५ पटक

काठमाडौं, मंसिर १० – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले हालै सार्वजनिक गरेको इन्गेजमेन्टपछि उनका हुनेवाला श्रीमान् विशाल खरेलको निजी जीवनबारे नयाँ जानकारी बाहिरिएको छ। अमेरिका बसेर काम गर्दै आएका खरेल एक सन्तानका बाबु र केही समयअघि मात्र डिभोर्स भइसकेको पुष्टि भएको छ।

थाइल्यान्डमा एक म्युजिक भिडियो सुटिङका क्रममा साम्राज्ञी र खरेलबीच नजिकिन सुरु भएको बताइन्छ। यतिबेला खरेलको पूर्वपत्नी सरिताले सामाजिक सञ्जालमार्फत भिडियो जारी गर्दै आफ्नो वैवाहिक सम्बन्ध टुट्नुमा यही सम्बन्ध मुख्य कारण भएको बताएकी छिन्। उनका अनुसार सुटिङका क्रममा साम्राज्ञी र खरेलबीच अनुचित सम्बन्ध रहको थाहा पाएपछि उनले खरेलसँग छलफल गर्दा खरेलले त्यो कुरा पुष्टि गरेका थिए।

सरिताले आफूले त्यतिबेलै अलग हुने निर्णय गरेको बताउँदै अहिले दुई वर्षका बच्चाको सम्पूर्ण जिम्मेवारी आफूले सम्हालिरहेको जनाएकी छन्। उनले अनावश्यक ट्रोल र गलत टिप्पणी नगर्न आग्रह गर्दै सामाजिक सञ्जालमा आफ्नो नाममा बनेका विभिन्न खाताबारे पनि चेतावनी दिएकी छन्।

साम्राज्ञीले तीन दिनअघि इन्गेजमेन्टबारे संकेत गर्ने फोटो पोस्ट गरेकी थिइन्। दुलाहाको पहिचान भने लुकाइएकाले चर्चा झन् बढेको थियो। सामाजिक सञ्जालमा खरेल भुटानी शरणार्थी भएको विषयसमेत व्यापक चर्चामा छ।

इन्गेजमेन्ट सार्वजनिक भएसँगै अभिनेत्री साम्राज्ञीको निजी जीवन फेरि चर्चाको केन्द्रमा आएको छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...