News Portal

वडाध्यक्षको हस्ताक्षर किर्ते गरी नगरपालिकामा नक्कली प्रस्ताव पेस गरेकाे खुलासा भएपछि..  

हिमाली संचार संवाददाता
५२२ पटक

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका-७ का वडाध्यक्ष धनबहादुर बमको हस्ताक्षर किर्ते गरी नगरपालिकामा नक्कली प्रस्ताव पेस गरेको भेटिएको छ।

घोडाघोडी नगरपालिका-७, हरिनगरस्थित एसएस मल्टी एग्रो फर्म प्रालिका अध्यक्ष विरेन्द्र चौधरीले वडाध्यक्ष बमको हस्ताक्षर किर्ते गरी आफ्नो संस्थालाई ४ वटा बोरिङ उपलब्ध गराउन वडा कार्यालयकाे नक्कली सिफारिस पत्र बनाई नगरपालिकामा पेस गरेको खुलेको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहोराले पास गरी स्वीकृतिको लागि कृषि शाखामा पठाउँदा रहस्य खुल्न गएको बताइएको छ।

एकै संस्थालाइ ४ बोरिङको लागि किन सिफारिस दिइएको भनी वडाध्यक्ष बमलाई बुझ्दा आफूले सिफारिस नदिएको दाबी गरेपछि किर्ते गरेको पुष्टि भएको कृषि शाखा प्रमुख रामकेश यादवले बताए।

यता वडाध्यक्ष धनबहादुर बमले आफूले बाेरिङको लागि कुनै सिफारिसमा पनि माेहर नलगाएकाे दाबी गरे। आफ्नो हस्ताक्षर कम्प्युटरबाट किर्ते गरिएको हुनसक्ने बताउँदै उनले गैरकानुनी काम गर्ने विरेन्द्र चौधरीलाई कानुनको दायरामा ल्याई कडा कारबाही गरिने जानकारी दिए।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र कञ्चनपुर अन्तर्गतको साना सिँचाइ आयोजनाले अनुदानको बोरिङको लागि नगर भित्रका कृषक समूहहरुलाई मंसिर २ गते वडा र नगरपालिकाको सिफारिससहित निवेदनको लागि आह्वान गरेको थियो। (नेपाललाइभ)

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...