News Portal

ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

६७१ पटक

कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित देशहरूमध्ये एक बनेको छ। कहिल्यै पूर्ण स्थिर शासन नदेखेको यो देश अहिले राजनीतिक शून्यता, ग्याङ हिंसा र मानव अधिकार हननको केन्द्र बनेको छ।राजधानी पोर्ट-ओ-प्रिन्सका करिब ८० प्रतिशत क्षेत्र ग्याङहरूको नियन्त्रणमा छन्।
सरकारी कार्यालय, विद्यालय, अस्पताल, सडक सबै अपराधी समूहहरूको नियन्त्रणमा पुगेका छन्।

जनता बिहान घरबाट निस्कँदा फर्केर आउने आश्वासन छैन।अपहरण, बलात्कार, फिरौती र गोली हान्ने घटनाहरू दैनिक समाचार बनेका छन्।हाइटीमा अहिले सरकार भन्दा ग्याङ बलियो छ।

स्वतन्त्रता जित्ने देश हाईटी सन् १८०४ मा विश्वकै पहिलो काला दासहरूले जितेको स्वतन्त्र गणराज्य को रूपमा इतिहास रचेको थियो।तर त्यसपछि देशले स्थायित्व कहिल्यै देख्न सकेन।राजनीतिक अस्थिरताले, हरेक शासक सत्तामा टिक्न मात्रै लाग्यो, राष्ट्रको भविष्यको सोचिएन, भ्रष्टाचार र कमजोर प्रशासनले न्याय, प्रहरी, सेना सबै दलका निष्ठामा बाँडिए।यस्तै विदेशी हस्तक्षेपले हरेक संकटमा बाह्य शक्तिको प्रभावले देशको स्वाधीन नीति हरायो।गरीबी र बेरोजगारी युवाहरू ग्याङमा आकर्षित भए।सबैमाझ साझा राष्ट्रिय भावना हरायो जसले गर्दा समाज जातीय, भाषिक र राजनीतिक रूपमा चिरा पर्‍यो।परिणामस्वरूप, अहिले हाइटीमा राज्य छैन, तर ग्याङहरूको गणराज्य बनेको छ।

यस्तौ नेपाल पनि यता राजनीतिक संक्रमणको लामो यात्रामा छ।यहाँ पनि सरकार वर्षैपिच्छे बदलिन्छ,दलहरू सत्ता र स्वार्थका लागि गठबन्धन गर्छन्,न्याय प्रणाली राजनीतिक प्रभावमा छ,भ्रष्टाचार र अवसरवादी राजनीति मौलाएको छ।जनतामा असन्तुष्टि बढ्दैछ, राज्यप्रति विश्वास घट्दैछ।हाइटी पनि यस्तै अवस्थामा पुगेर पतन भयो।भोली नेपालको पनि यो स्थिति नहोला भन्न सकिन्न।

यदि नेपालले पनि राजनीतिक अस्थिरता र नेतामुखी शासनलाई नियन्त्रण नगरे,देशमा राज्य कमजोर, अपराधी बलियो हुने जोखिम बढ्छ।हाइटीको इतिहासबाट नेपालीहरुले पनि केही उपयोगी सन्देश लिनु नै पर्छ। स्थिरता नै विकासको मेरुदण्ड हो।लगातार सरकार परिवर्तनले नीति र विश्वास दुवै तोड्छ।भ्रष्टाचारले राज्यलाई भित्रैदेखि खाइदिन्छ।पारदर्शिता र जवाफदेहीता नभए देश पतन हुन्छ।एकता नै शक्ति हो।

जात, धर्म, पार्टीभन्दा माथि “राष्ट्र” हुनुपर्छ।युवाको दिशा तय गर्नु अनिवार्य छ।बेरोजगारी र निराश युवाहरू ग्याङ र हिंसातर्फ जान सक्छन्।राजनीतिक प्रतिस्पर्धा होइन, सहकार्य चाहिन्छ।सत्ताको लागि होइन, राष्ट्रको लागि प्रतिस्पर्धा गर्नुपर्छ।हाइटीको आज, नेपालको भोली हुन नदेऊँहाइटी आज संसारको सामु एउटा त्रासदी बनेको छ।
राजनीतिले जब देशभन्दा ठूलो रूप लिन्छ,
जब सत्ता र पैसाको लोभले न्यायलाई निगलेर जनतालाई विभाजित बनाउँछ,त्यो राष्ट्र ढल्छ।नेपाल अहिले त्यही मोडमा छ।यदि नेताहरूले आत्ममूल्यांकन गरेनन्।
हामी पनि हाइटीको बाटोमा हिँडिरहेका हुनेछौं।देशको भविष्य बचाउन सबैले एकै स्वरमा भन्नु पर्ने बेला आएको छ ।हामी नेपालीहरु पार्टीको लागी होइन, राष्ट्रका लागि एक हौ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...