
– कमला थापा
२०८२ कार्तिक २५ गते।
जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता अति धनि नेता भएको देश। बेरोजगार र गरिबिले आक्रान्त जनता। संघियताको रमिताले लजाएको हाम्रो देश। ०५१ सालको मध्यावधिपछि ९/६,र ३/३ महिनामा फेरिने गरेको सरकार, जस्तो १/१ महिनामा फेरिने संघिय सरकार। यसैमा रमाउने र हामिले संघर्ष र बलिदान दिएर ल्याएको संविधान यसलाई जोगाउनु पर्छ, अन्यथा हाम्रो आन, मान र सान लुटतन्त्रको बादशायी ताज हराउला भन्ने डर यहि हो ! हाम्रो देश।
“पहिलो संविधानसभा विघटन गर्ने बाबुराम, प्रचण्डलगायत केपी शर्मा ओली र नेपाली कांग्रेसका कृष्ण सिटौला, २ नं प्रदेशको १५/१५ दिनमा बिघटन हुने सरकार र होटलमा गएर नियूक्ति दिने प्रदेश प्रमुखको गतिबिधिले यिनिहरुलाई अझै सरम लागेन ? यस्ता नेता पाल्नुपर्ने भाग्य लिएर आएका हामी जनता अझै संघियता राख्नैपर्छ भन्ने नेताहरु कहां छन् ? की सिके राउतसंग मिलेर देश अन्तै विलय गराउने सल्लाह दिएर राउतलाई बोल्न लगाएका हुन् ? यहि मौकाको फाईदा उठाउनुपर्छ। फलाम तातेको बेला घन हान्नुपर्छ। मधेसलाई स्वायत्त प्रदेश बनाउँदै अब नेपालबाट अलग देश बनाउनुपर्छ भन्ने जनमत पार्टिका नेता सीके राउत “जो बिदेसीको एजेण्डा” बोकेर देश टुक्र्याउन खटिएर आएका ब्यक्ति हुन।”
संघियताले देश संमृद्ध हुन्छ। संघियता नभैई हुदैन भन्ने मधेस प्रदेश, जातिय पहिचानसहितको संघीयता राख्नुपर्छ भन्दै पहिलो संविधानसभा विघटन गर्ने बाबुराम, प्रचण्डलगायत केपी शर्मा ओली र नेपाली कांग्रेसका कृष्ण सिटौला, २ नं प्रदेशको १५/१५ दिनमा बिघटन हुने सरकार र होटलमा गएर नियूक्ति दिने प्रदेश प्रमुखको गतिबिधिले यिनिहरुलाई अझै सरम लागेन ? यस्ता नेता पाल्नुपर्ने भाग्य लिएर आएका हामी जनता अझै संघियता राख्नैपर्छ भन्ने नेताहरु कहां छन् ? की सिके राउतसंग मिलेर देश अन्तै विलय गराउने सल्लाह दिएर राउतलाई बोल्न लगाएका हुन् ? यहि मौकाको फाईदा उठाउनुपर्छ। फलाम तातेको बेला घन हान्नुपर्छ। मधेसलाई स्वायत्त प्रदेश बनाउँदै अब नेपालबाट अलग देश बनाउनुपर्छ भन्ने जनमत पार्टिका नेता सीके राउत “जो बिदेसीको एजेण्डा” बोकेर देश टुक्र्याउन खटिएर आएका ब्यक्ति हुन। यी देश द्रोही हुन, यस्तै अभिब्यक्ति दिएका कारण पहिला पनि भूमिगत रहेका र पछि एमालेमा मिल्ने सर्तमा केपी ओली सरकारसंग माफि मागेर प्रकट भएका ब्यक्ति हुन्। यस्तालाई तुरुन्त नियन्त्रणमा लिएर कारवाही गर्नुपर्छ। सरकारलाई यस्ता देशद्रोही पाल्ने अधिकार छैन, सुशीला कार्की सरकार के हेरिरहेको छ ? सरकारले तुरुन्त नियन्त्रणमा लेओस यो तमाम राष्ट्रबादी जनताको माग छ।
“एमालेसंग मिलेर सरकार बनाउदा पनि ५० बर्षकै हुंकार ओकालेका थिए। आज कहां गयो त्यो हुंकार पार्टिको माओवादी नामै परित्याग गरेर आफ्नै साथिहरुलाई मजधारमा छोडेर एस पार्टिसंग विलय हुन पुगेका छन। दक्षिणी छिमेकिको पालनपोषणमा हुर्किएका प्रचण्डले चिनका महान नेता माओको नाम वदनाम गर्यो भन्ने आरोप चिनको नभएको होईन। प्रचण्डको आचरणबाट आजित भएको चिन नाम परिवर्तन गर्न प्रचण्डलाई धेरै दवाब दिदै आएको कुरा सुनिदै थियो।”
आफुलाई ठूला पार्टि भन्दै मनलाग्दी गर्दै आएका भ्रष्टचारि, देशद्रोही, राष्ट्रघाती पार्टिहरु र १७ हजार जनता मारेर बलिदानीको नाम दिने, ६४ सालको पहिलो संबिधान सभामा ठूलो पार्टि बनेको अहंकारमा सबै पार्टिलाई लल्कारदै अब माओबादीलाई ५० बर्ष शासन सत्ता चलाउन कसैले रोक्न सक्दैन भन्ने, एमालेसंग मिलेर सरकार बनाउदा पनि ५० बर्षकै हुंकार ओकालेका थिए। आज कहां गयो त्यो हुंकार पार्टिको माओवादी नामै परित्याग गरेर आफ्नै साथिहरुलाई मजधारमा छोडेर एस पार्टिसंग विलय हुन पुगेका छन। दक्षिणी छिमेकिको पालनपोषणमा हुर्किएका प्रचण्डले चिनका महान नेता माओको नाम वदनाम गर्यो भन्ने आरोप चिनको नभएको होईन। प्रचण्डको आचरणबाट आजित भएको चिन नाम परिवर्तन गर्न प्रचण्डलाई धेरै दवाब दिदै आएको कुरा सुनिदै थियो। जेएन्जी आन्दोलनको कारणले प्रचण्डलाई माधव नेपालको पार्टिमा बिलय हुने एउटा ठूलो अबसर पनि मिल्यो। तर नाम जति नै परिवर्तन गरेपनि हिजो लागेको दाग (बानी) मेटिने भने होईन।
“सरकार र शक्ति छिन्नेहरुसंग भिडिहाल भन्ने आदेश जारि गर्दै देशलाई गृहयुद्ध तिर लान खोज्दै छन्। हिजो उनले कुनचाहिँ संबिधान मानेर आएका हुन् ०७४ को निर्वाचनमा ठूलो पार्टि बनेको अहंकारमा संसदबाट सपथै नलिईकन प्रधानमन्त्रीको सपथ लिएकै हुन्। ०७२ को संबिधान उलंघन गर्ने ओली र तत्कालिन राष्ट्रपति नै हुन्।”
अर्का पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गुण्डुमा बसेर गुण्डागर्दी आचरण देखाउँदै छन्। दैनिक जनता र सुशीला कार्की सरकारलाई गालि गर्न भ्याईनभ्याई छ। सरकार र शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचार, तस्कर, बिचौलियाको सम्रक्षक र देशका हजारौं हजार सरकारी जमिन, खोलानाला, बनजंगल र सगरमाथा बेसक्याम्पको ५०० रोपनी जग्गा लगायत देशै भरिका जमिन आफन्त, निकट कार्यकर्ता, नेताका नाममा ट्रस्ट खोल्न लगाउदै एनजिओ महासंघ जस्तो पार्टि बनाएका ओली अरुको अस्तित्व देख्नै नसक्ने, लुटतन्त्रको बादशाह बनेको दिन समाप्त भएको पिडा सम्झदै कार्यकर्ताहरुलाई निर्देशन दिदैछन्। बर्तमान सरकारलाई कुन संबिधान अन्तरगत बनेको हो र ? उसको आदेश मान्ने, आन्दोलन गर्न सरकारको कुनै अनुमति लिन जरुरी छैन। हाम्रो सरकार र शक्ति छिन्नेहरुसंग भिडिहाल भन्ने आदेश जारि गर्दै देशलाई गृहयुद्ध तिर लान खोज्दै छन्। हिजो उनले कुनचाहिँ संबिधान मानेर आएका हुन् ०७४ को निर्वाचनमा ठूलो पार्टि बनेको अहंकारमा संसदबाट सपथै नलिईकन प्रधानमन्त्रीको सपथ लिएकै हुन्। ०७२ को संबिधान उलंघन गर्ने ओली र तत्कालिन राष्ट्रपति नै हुन्।
“०४७ सालको संबिधान, संबैधानिक राजतन्त्र बहुदलिय प्रजातन्त्रको बिकल्प छैन। जुन संबिधानलाई नासोको रुपमा जनतालाई बुझाउदै राजा ज्ञानेन्द्र शाह केही समयका लागि बाहिर बसिदिएका मात्र हुन्। देशको बिषम परिस्थितिले राजालाई अब बाहिर बस्न पनि दिदैन देशको रक्षा गर्नुपर्ने दायित्व, पृथ्वीनारायण शाहको वंश, शाहवंशीय इतिहासको धरोहर जोगाउने जिम्मेवारी उनको कांधमा आएको छ। पार्टिहरुको भ्रष्टाचार, अन्याय, अत्याचार, जालझेल र भ्रष्ट मनोभावनाले गर्दा जनता आजीत भैसकेकोले,अब जनताले त्यो नासो फिर्ता गर्ने समय धेरै निकट आइसकेको छ।”
अर्को प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेस आफ्नै पार्टिको अधिबेशन गर्न डराएर चिराचिरामा बिभाजन हुदै छ। कोही अधिबेशन समयमै सम्पन्न गर्नुपर्छ नभए विशेष अधिवेशन गर्नुपर्ने माग गर्दै हस्ताक्षर गर्छन् त संस्थापन पक्ष अझै ओलीको जुठोपुरो चाडदै चुनाव रोक्ने संसद पुनःस्थापना गर्न एकजुट भएर जानुपर्ने भन्दै हस्ताक्षर गराउँदैछन्। आफ्नै पार्टिको अधिबेशन गर्न नसक्ने ले अब देश चलाउने आसा साथिहरुले नगरेकै राम्रो। देशमा यति बिध्न क्षति गराएर पनि उनिहरुको मन भरिएको छैन। यस्तै नेताहरुको पछि लाग्ने दास कार्यकर्ताहरु रहुन्जेल अहंकारी नेताहरुको मनोबल घट्नेवाला पनि छैन। नेता सुधार्न पहिला कार्यकर्ता सुध्रिन जरुरी छ। नेपालका राजनैतिक दलहरुका हर्कतबाट आफुलाई राष्ट्रबादी भन्नेहरुले पनि पाठ सिक्न जरुरी छ। “जता भत्कियो उतै दैलो” गर्ने होईन अनाबश्यक एजेण्डाहरु मात्र अगाडी सार्दै, माहोल बिगार्न पट्टी नलागी एउटै बाटो अपनाउन जरुरी छ। त्यो हो ०४७ सालको संबिधान, संबैधानिक राजतन्त्र बहुदलिय प्रजातन्त्रको बिकल्प छैन। जुन संबिधानलाई नासोको रुपमा जनतालाई बुझाउदै राजा ज्ञानेन्द्र शाह केही समयका लागि बाहिर बसिदिएका मात्र हुन्। देशको बिषम परिस्थितिले राजालाई अब बाहिर बस्न पनि दिदैन देशको रक्षा गर्नुपर्ने दायित्व, पृथ्वीनारायण शाहको वंश, शाहवंशीय इतिहासको धरोहर जोगाउने जिम्मेवारी उनको कांधमा आएको छ। पार्टिहरुको भ्रष्टाचार, अन्याय, अत्याचार, जालझेल र भ्रष्ट मनोभावनाले गर्दा जनता आजीत भैसकेकोले,अब जनताले त्यो नासो फिर्ता गर्ने समय धेरै निकट आइसकेको छ। यसैलाई हामी सबैले मनन् गरी अग्रसर हुनुपर्नेछ। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।