News Portal

विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

४६२ पटक

काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका धिरेन्द्र राज सुवेदीले अब प्रवासमा कार्यरत नेपाली श्रमिकहरूलाई एकजुट गरी नेपालमै आर्थिक, औद्योगिक र कृषि क्रान्ति सुरु गर्ने अभियान अघि सारेका छन्।

सुवेदीका अनुसार लामो समयदेखि देख्दै आएको आफ्नो सपना अनुसार प्रवासी नेपालीहरूको संयुक्त लगानीमा नेपालमा ‘क’ वर्गको वाणिज्य बैंक स्थापना गर्ने साथै कृषि, जलविद्युत् र उद्योग–कलकारखानामा लगानी गर्ने योजना सार्वजनिक गरिएको हो। उनका भनाइमा यो योजना नेपालको विद्यमान कानुन ‘बैंक तथा वित्तीय संस्था ऐन, २०७३’ अन्तर्गत कानुनी रूपमा सम्भव र वैध छ।
“चन्दा वा विदेशी अनुदानले होइन, स्वदेशी पूँजी र श्रमदानले मात्र देश बदलिन्छ,” सुवेदी भन्छन्, “हामी आफ्नै माटोमा उत्पादन बढाउन सके स्थायी विकास सम्भव हुन्छ।”

सुवेदीले विगतमा प्रवासी नेपालीहरूको सहकार्यमा ‘नेपाल परोपकार समाज’नामक संस्थामार्फत राहत, उद्धार र सामाजिक सेवाका कार्यहरू सञ्चालन गरेका थिए। सोही संस्थामार्फत प्रवासी श्रमिककै लगानीमा सामूहिक कोष स्थापना गरी बिनाधितो ऋण वितरणको अभ्याससमेत गरिएको थियो। जसबाट ५०० भन्दा बढी श्रमिकले प्रत्यक्ष लाभ लिएका थिए।

त्यस अनुभव र सफलताका आधारमा सुवेदी अहिले रेमिट्यान्समार्फत कानुनी रूपमा लगानी भित्र्याउने तथा सीपयुक्त प्रवासी नेपालीहरूलाई स्वदेशमै व्यावसायिक र उत्पादनमूलक रोजगारीमा जोड्ने अभियान सुरु गर्न लागेका छन्।

उनले भने, “यदि सरकारले सहयोग र पारदर्शी नीति ल्यायो भने दुई वर्षभित्र नै १० लाखभन्दा बढी प्रवासी नेपालीको लगानी नेपालमा भित्र्याउन सकिनेछ।”

सुवेदीका अनुसार आफूलाई राजनीति होइन, देशमा आर्थिक, औद्योगिक र कृषि क्रान्ति ल्याउने लक्ष्य** रहेको छ।“पाँच लाखभन्दा बढी रोजगारी सृजना गरेर नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छु उनले बताए।

राज्यसमक्ष सुवेदीको आग्रह छ “सरकारले प्रवासीहरूको लगानी सुरक्षित गर्ने वातावरण बनाओस् प्रविधि र पारदर्शीतामा हात मिलाओस्। हामी नेपालमै बस्ने, लगानी गर्ने र परिवारसँगै समृद्ध जीवन जिउने आधार निर्माण गर्न तयार छौँ।”

सुवेदीले आफ्नो दृष्टि र योजनामा सहभागी हुन इच्छुक विज्ञ, उद्यमी र प्रवासी नेपालीहरूलाई सहकार्यका लागि खुला आमन्त्रण समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...