News Portal

  • प्रशान्त लिम्बुका लागि ४५ लाखको ब्लड मनी जुटाउन अभियान सुरु

    हिमाली संचार संवाददाता
    ६३९ पटक

    वैदेशिक रोजगारीका लागि साउदी अरब गएका झापा बुद्धशान्तिका प्रशान्त लिम्बुलाई नेपाल फर्काउन ब्लड मनी संकलन अभियान सोमबारदेखि सुरु भएको छ । उनलाई नेपाल फिर्ता ल्याउन करिब ४५ लाख रुपैयाँ ब्लड मनी आवश्यक छ । थानेश्वर भुसाललाई फिर्ता ल्याउन सफल रुपमा ब्लड मनी जुटाएको प्रवासी नेपाली समन्वय समितिले अभियानको थालनी गरेको हो ।

    काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कुलप्रसाद कार्कीले कामका लागि साउदी गएका लिम्बुले बीना लाइसेन्स सवारी साधन चलाएको र उनले चलाउँदै गरको गाडीलाई पछाडीबाट स्थानीय एक युवकको गाडीले ठक्कर दिएर मृत्यु भएकाले लिम्बुलाई ८ महिना जेल चलान गरी अहिले मुक्त गरी ब्लड मनी तिर्न अदालतले फैसला गरेकाले नेपाल फर्काउन अभियान सुरु गरेको जानकारी दिए ।

    प्रशान्तका बुबा उद्धव सिंह लिम्बुले २०७३ साउन २६ गते रोभ इन्टरनेशनल म्यानपावरबाट २ लाख २१ हजार रुपैयाँ तिरेर ड्राइभर कामका लागि साउदी पुगेको ९ महिनामा छोरा प्रशान्त दुर्घटानामा परेकाले पीडितलाई तिर्ने ठूलाे पैसा आफूसँग नभएकाले ब्लड मनी संकलन अभियान सुरु गर्न बाध्य भएको दुखेसो पोखे । परिवारको अार्थिक अवस्था कमजोर रहेकाले रकम जुटाउन अभियान सुरू भएको हो ।

    पत्रकार सम्मेलनमा पिडित प्रशान्तकी श्रीमती कमलाले आफन्तसँग ऋण मागेर पैसा कमाउनका लागि साउदी गए पनि दुःखमा परेका पीडितलाई सकुसल फिर्ता ल्याउन चारैतिर हात फैलाए पनि रुनुको विकल्प नभएको बताइन् ।

    सो कार्यक्रममा साउदीबाट भिडियो कलमा प्रत्यक्ष बोल्दै पीडित प्रशान्तले साउदीमा लाइसेन्स बनाउने प्रक्रियामा कम्पनीलाई पैसा दिए पनि जबरजस्ती मालबाहक गाडी चलाउन भनेपछि पैसाका लागि आफूले काम गरेको र स्थानीय लाइसेन्स नहुँदा ब्लड मनी तिर्न बाध्य भएकाले सबै नेपालीले सहयोग गर्न आग्रह गरे । ब्लड मनी संकलनका लागि प्रवासी नेपालीहरुले ग्लोबल आईएमई बैंकमा ३९०१०१०००००४०९ खाता खोलेका छन ।

    प्रतिकृया दिनुहोस्

    एकीकृत समाजवादी फुट्ने हल्लाकाबीच अध्यक्ष नेपालले आह्वान गरे संसदीय दलको बैठक

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीकाे संसदीय दलको बैठक आह्वान गरेका छन्। जनता...

    अशोक राई नेतृत्वको जनता समाजवादी फुट्यो

    काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ। आइतबार बसेको...

    तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न

    कुवेत-“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४...

    आज बैशाख-२३ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २३ गते आइतबार इश्वी सन २०२४ मे ५...

    सशस्त्र प्रहरीले जोगायो नदीले बगाउँदै गरेका व्यक्तिको ज्यान

    सप्तरी। बैशाख २१ गते बिहान करिब ९ बजेको हुँदो हो। कन्चनरुप नगरपालिका–१ स्थित बैरवाको उत्तर...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal