News Portal

आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

आजको राशिफल हेर्नुस्
९४७ पटक

श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १ तारीख बैशाख कृष्णपक्ष अष्टमी तिथी श्रवण नक्षत्र शुभ योग वालव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा छत्र योग कालयुक्त नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋृतु अष्टमीव्रत गोरखकालीपुजा श्रमिक दिवस॥

– ज्यो.पं सरोज घिमिरे

मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – तपाईको परिश्रम अनुरुपको फल प्राप्ति हुने समय रहेको छ। सामाजिक कार्यका क्षेत्रमा सहभागिता जनाउने अवसर प्राप्त रहने छ। सभासम्मेलन जन्य कार्यका क्षेत्रमा तपाईको मान सम्मान प्राप्तिको योग रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। तपाईको पारीवारिक झमेलाको सामना गर्नु पर्ने समय रहेको देखिन्छ ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ। तपाईका कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अप्जस सहनु पर्ला। तपाईको परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ। नयाँ मित्रहरु सगँको भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – तपाईको शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला। तपाईले सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुन सक्छ। आम्दानी मध्यम रहेता पनि तपाईका बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ। आज नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्ने देखिन्छ।

कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईको जीवन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने छ। मानसीक चञ्चलताले सताउन सक्ने देखिन्छ। सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्ने छ। तपाईका बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुने देखिन्छ। कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईलाई स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला। तपाईको मनमा चञ्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला। तपाईका शुभ चिन्तकको बृद्धि हुनाले मनमा उत्साह बढ्ने छ। परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुन सक्छ ।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्ने देखिन्छ। तपाईको बौधिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा बृद्धि गर्ने छ। आज आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहने देखिन्छ। तपाईका बौद्धिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्ने छ।

तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – पारीबारिक मनोरञ्जनका निम्ति धेरै समय र पैसा खर्चनु पर्ने छ। आफन्तजनको सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले तपाईको मन उत्साहित रहने छ। तपाईके पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्छ। तपाईका भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । तपाईको आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्षी सबल रहनाले तपाईलाई आफ्नो कमजोरीको महसुस हुनेछ ।

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुने छ। तपाईको स्वास्थ्यमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउने छ। सामान्य बादबिबादको चक्करकाट्नु पर्ने छ। अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्ने छ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – तपाईको परीवारका कोहि सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्ने छ। मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ। मनमा आट र शाहसको कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला। तपाईको जीवन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउने छ। तपाईका सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गर्नु पर्ने देखिन्छ।

कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गाह्रो हुन सक्छ। आफ्नो प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ। आय आर्जनको लागि राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ। नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहने छ। तपाईको आम्दानी बृद्धिका लागि विद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अवलम्वन गर्नु लाभदाइक रहला। आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेको छ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...