News Portal

  • एकीकृत समाजवादी फुट्ने हल्लाकाबीच अध्यक्ष नेपालले आह्वान गरे संसदीय दलको बैठक

    हिमालीसंचार संवाददाता
    १७२ पटक

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीकाे संसदीय दलको बैठक आह्वान गरेका छन्।

    जनता समाजवादी पार्टी नेपाल (जसपा) आइतबार फुटेसँगै उनले संसदीय दलकाे बैठक आह्वान गरेका हुन्। बैठक आज दिउँसो १ बजे बानेश्वर शंकर हलमा बस्नेछ।

    बैठककाे एजेन्डा भने खुलाइएकाे छैन। आफ्ना असन्तुष्ट सांसदहरूलाई फकाउन अध्यक्ष नेपालले बैठक आह्वान गरेकाे अनुमान छ। जसपा फुटेपछि नेपाल निकै सशंकित छन्।

    एकीकृत समाजवादीभित्र नेपाललगायतका केही नेता वर्तमान सत्तागठबन्धनसँग रुष्ट भइ कांग्रेससँग गठबन्धन गर्ने प्रयासमा छन् भने झलनाथ खनाललगायतका नेताहरू वर्तमान समीकरणकाे पक्षमा छन्।

    जसपाका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठनको लागि निर्वाचनमा आयोगमा निवेदनमा दर्ता भइसकेकाे छ।

    दलको नाम नेपाल हटाएर जसपा मात्र राखिएको छ। विभाजनको पक्षमा ८ जना सांसद रहेका जनाइएको छ।

    प्रतिकृया दिनुहोस्

    सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

    युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज...

    अन्तत: कांग्रेसकै लाइनमा प्रचण्ड, छानबिन समिति बनाउने सहमती

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी...

    संखुवासभामा माछा मार्ने क्रममा छेम्बीको करेन्ट लागेर मृत्यु

    जेष्ठ-५, शनिबार/संखुवासभा – संखुवासभा चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लबले जित्यो (फोटो फिचर)

    जेठ-४, शुक्रबार/धरान – धरान बास्केटवल संघ तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा...

    महानगरको शौदर्यकरणका लागि कुमारी बैंकद्वारा आर्थिक सहयोग

    जेष्ठ-४, शुक्रबार/मोरङ – विराटनगरमा रहेको  कुमारी बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ।  विराटनगर महानगरपालिका क्षेत्रभित्र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal