News Portal

सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

हिमालीसंचार संवाददाता
११५५ पटक

युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज युएईकी पुर्वअध्यक्ष सोनी भण्डारी अब नयाँ पहिचानका साथमा देखा परेकी  छन्।

करिब ५ लाख नेपालीहरुको रोजगारीको सहज तथा लोकप्रिय गन्तब्य युएईलाई एक दशक अगाडिदेखि आफ्नो कर्मथलो बनाएर विभिन्न अभियानमा सरिक भएकी भण्डारीले एउटा मर्मस्पर्शी गीत सार्वजनिक गरेकी हुन्।

“मनै भरिन्छ” बोलको लोकलयमा आधारित गीतमा स्वर दिएर सोनीले आफ्नो सङगीतमोहलाई प्रकट गरेको बताएकी छन्। साहित्यिक तथा सामाजिक संस्थामा आवद्ध भएर काम गरिरहेकी भण्डारीले आफ्नी आमाको माया तथा सम्मानमा यो पहिलो गीत सार्वजनिक गरेकी बताएकी छन्।

ताप्लेजुङ समाज युएईको पुर्वअध्यक्ष भएर युएईमा रहेका ताप्लेजुङबासीलाई एकताको सुत्रमा समाजसेवामा खटिएकी भण्डारी नेपाल रक्तदाता संघ युएईमा पनि आवद्ध छिन्।

भण्डारीले आफ्नी स्वर्गीय माताको सम्झना र सम्मानका लागि यो गीत आफैंले शव्द रचना गरेकोले यो गीत आफ्नोलागि जीवन्त रहेको दाबी गरेकी छन्।
कृष्ण शताब्दीको सङगीत रहेको यो गीत संजिवनी डिजिटल प्रालिले बजारमा ल्याएको हो। यो गीतकाे भिडियोमा भिम खड्का र अनुजा सिंहले अभिनय गरेका छन्।

https://youtu.be/t0JVX2AjbwE?si=DFkhM8niVjuHzZmw

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...