News Portal

  • धनगढी उपमहानगरविरुद्धकाे रिट खारेज

    हिमालीसंचार संवाददाता
    १९८ पटक

    धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालत दीपायलमा परेको मुद्दा खारेज भएको छ।

    गत १६ कात्तिकमा धनगढीको वडा नम्बर ३ की शारदा खत्री र बालकुमारी दासले धनगढी उपमहानगरविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए। उनीहरूले उपमहानगरपालिकाले सडक चौडा बनाउन लागेको भन्दै रिट दायर गरेका थिए।

    उच्च अदालतमा दायर रिटमा खत्री र दासले सडक विस्तारविरुद्ध अन्तरिम आदेशसहितको परमादेश लगायत उपयुक्त आदेश माग गर्दै मुद्दा दर्ता गराएका थिए। उक्त रिटमाथि बिहीवार सुनुवाइ गर्दै उच्च अदालत दीपायलले रिट खारेज गर्ने आदेश गरेको हो।

    उच्च अदालतमा भएको बहसमा धनगढी उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता वीरबहादुर जेठाराले बहस गरेका थिए। रिट खारेज भएसँगै धनगढीको ६ लेन सडकस्थित रोडहाउस क्याफेदेखि चक्रपथ पक्की कुवासम्मको करिब १३ सय मिटर लामो १४ मिटर चौडा सडक निर्माणको कामको अवरोध हटेको छ।

    सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माण गर्न यसअघि नै टेण्डर गरिसकेको छ भने, उपमहानगरपालिकाले सडक क्षेत्राधिकार खाली गर्न लाग्दा रिट दायर गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    झुठ बोल्नको लागि पनि कला चाहिन्छ

    लामो समय अबरोध भएको संसद हिजो सांझबाट खुल्ने हो की ? भन्ने संकेत देखिएको छ।...

    गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री देशद्रोहीको मतियार ठहरिन्छन् : भीम रावल

    काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई...

    नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको भूमिकाको खोजी ?

    जेठ-७, सोमबार/अबुधाबी – नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, पर्यटन विकास र लगानी भित्याउने  सन्दर्भमा युएईमा कार्यरत...

    सभामुखले चलाए प्रतिपक्षी सांसदको नाराबाजीबीच संसद् बैठक

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अघि...

    मोरङको रंगेली स्थित श्री सन्सारीमाई मन्दिरमा चण्डि पूर्णिमाको दिन मेला लाग्ने

    जेष्ठ ७,सोमबार/मोरङ – मोरङमा बैशाख-१ गते सुनवर्षी थानदेखि सुरु भएको सिरुवामेला चण्डी पुर्णिमाको दिन श्री...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal