News Portal

  • जलेश्वरका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    हिमालीसंचार संवाददाता
    ३०५ पटक

    काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    उनीहरूविरुद्ध मुद्दा दायर गर्दै प्रतिव्यक्ति ५ लाख ८४ हजार ६३७ रुपैयाँ बिगो माग गरिएको छ।

    अख्तियारले जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा प्रमुख साह, उपप्रमुख खातुन, प्रशासकीय अधिकृत झा, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा,अन्य कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरूविरुद्ध आव विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

    यसैगरी अधिकृत छैठौं धिरेन्द्र झा, नगरपालिकाका इन्जिनियर पवन कुमार झा, राजेश कुमार चौधरी र सब इन्जिनियर दिपेश कुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह,सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीविरुद्ध मुद्दा दायर भएको हो।

    उनीहरूले जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी मूल्यांकन गराइ झुट्टा बिल तयारी गरी ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी लिएको पुष्टि हुन आएको अख्तियारको दावी छ।

    प्रतिकृया दिनुहोस्

    नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको भूमिकाको खोजी ?

    जेठ-७, सोमबार/अबुधाबी – नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, पर्यटन विकास र लगानी भित्याउने  सन्दर्भमा युएईमा कार्यरत...

    सभामुखले चलाए प्रतिपक्षी सांसदको नाराबाजीबीच संसद् बैठक

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अघि...

    मोरङको रंगेली स्थित श्री सन्सारीमाई मन्दिरमा चण्डि पूर्णिमाको दिन मेला लाग्ने

    जेष्ठ ७,सोमबार/मोरङ – मोरङमा बैशाख-१ गते सुनवर्षी थानदेखि सुरु भएको सिरुवामेला चण्डी पुर्णिमाको दिन श्री...

    धरान रन एजुकेशन फन्डद्धारा शैक्षिक सामग्री प्रदान

    जेठ-६, आइतबार/धरान – धरान रन संस्थाले “धरान रन नेवा एजुकेशन फन्ड २०८१” अन्तरगत शनिवार १३...

    सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

    युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal