News Portal

  • आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    ७३६ पटक

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४ तारीख बैशाख कृष्णपक्ष एकादशी तिथी पूर्वभाद्रपदा नक्षत्र ऐन्द्र योग वालव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा काल योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु वरुथिनी एकादशी व्रत॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – बाणिमा मधुरता छाउने योग रहेको छ। नयाँ कामको थालनिले तपाईका मन प्रशन्न रहने छ। मेहेनत र परिश्रमको कदर हुन सक्ने योग रहेको छ। नयाँ लगानिका निम्ति उत्तम समय रहेको छ। रचानात्मक कार्यमा जुट्ने समय रहेको छ। आय आर्जनको लागि राम्रो समय रहेको छ। तपाईले हरकोहिको पुर्ण विश्वास नगर्नु होला धोका हुन सक्छ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तिक योग रहेको छ। सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने समय रहेको छ। आज सबारी साधनको प्रयोमा सजग रहनु होला। तपाईले गरिरहेका कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेको छ। आज शुभ चिन्तकहरुको सहयोगद्वारा अधुराकार्यहरु सम्पादित हुने देखिन्छ।

    मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेको छ। आय आम्दानिमा विशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहने छ। तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको सहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेको छ। अरुको पुर्ण विश्वासमा गरिएका कार्यले अपजस हुन सक्छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – विश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्ने छ। खानपानका कारण स्वास्थ्यको क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेको छ। तपाईका शुभचिन्तकहरुको माध्यमबाट आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिने समय रहेको छ। बाणीका कारण सामान्य वादबिवादको झमेला हुन सक्छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आर्य आर्जनका निम्ति सामान्य यात्रा निम्त्याउने समय रहेको छ। तपाईका पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। नयाँ लगानी गर्न उत्तम समय रहेको छ। समयमा गरिएका सहि निर्णय उत्तम साबित हुने छन्। जीवन साथीको सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेको छ। 

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – प्रतिस्पर्धा जन्य कार्यमा विशेष सजग रहनुहोला । पारीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ। सामान्य आर्थिक संकटको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ति सामान्य यात्राको योग बन्ने छ। मानसिक चञ्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आय आम्दानिमा विशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहने छ। पठन पाठनका निम्ति समय उत्तम रहने छ। मित्रजनहरुको सहयोग मनग्य प्राप्त रहनेछ। कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ। आफुभन्दा सानाको स्वास्थ्यमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – तपाईद्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तिको सम्भाबना रहेको छ। सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेको छ। ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेको छ। सवारी साधनको प्रयोगमा विशेष साबधान रहनु पर्ने समय रहेको छ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्षित रहने छ। तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला। प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहेको छ। भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेको छ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – स्थीर क्षेत्रमा गरिएको लगानी दिर्घकालिन आम्दानिको श्रोत बन्ने छ। कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहने छ। खानपानमा भने सजग रहनु होला। प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउने छ । बाणीका कारण सामान्य वादविवादको सामना गर्नु पर्ने समय रहेको छ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेको छ। मित्रजनहरुको सहयोग मनग्य प्राप्त रहने छ। नयाँ लगानी गर्न उत्तम समय रहेको छ। जीवन साथीको  सहयोमा नयाँकार्यको थालनी हुने समय रहेको छ। कार्यसम्पादनमा आएको असहज परिस्थितिजन्य सुधार उन्मुख रहने छ ।

    मीन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – गैर ब्यत्तिहरुको विश्वासमा कार्य नसुम्पिनु राम्रो हुने छ। तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । पारीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहने छ। प्रतिस्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त गर्नाले तपाईको मन प्रशन्न रहन्छ। तपाईका तात्कालिक खर्चको कारण सामान्य आर्थिक अभाबको सम्भाबना रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    चितवनतर्फ जाँदै गरेको ट्याक्सी धार्केमा दुर्घटना, एकै परिवारका पाँचसहित ६ जना घाइते

    काठमाडौं, साउन १२ – काठमाडौंबाट चितवनतर्फ गइरहेको ट्याक्सी सीतापाइला–धार्के सडक खण्डमा सोमबार बिहान दुर्घटनामा परेको...

    जनकपुरमा २३ वर्षीया महिला मृत अवस्थामा फेला, माइती पक्षले दाइजोका कारण हत्या भएको आरोप

    जनकपुरधाम, साउन १२ – जनकपुरधाम उपमहानगरपालिका–४ मा आइतबार राति एक महिला रहस्यमय अवस्थामा मृत फेला...

    आज २०८२ साल साउन १२ गतेको राशिफल

    आज साउन १२, २०८२ (जुलाई २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अमेरिकाभरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा युवा बैंकर प्रवेश रिजाल

    न्यूयोर्क। क्रस रिभर बैङ्कका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिकाभरिका १००...

    एनआरएनएको पहलमा युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    काठमाडौँ। विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने र समयमा आवश्यक जानकारी नपाइने भन्ने गुनासो सुनिएको सन्दर्भमा...