News Portal

  • आज बैशाख-२५ गते मंगलबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    ४६० पटक

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २५ गते मंगलबार इश्वी सन २०२४ मे ७ तारीख बैशाख कृष्णपक्ष चतुर्दशी तिथी अश्विनी नक्षत्र आयुष्मान योग शकुनी करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा अमृत योग कालयुक्त नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋृतु दर्शश्राद्ध (निशीबार्ने)

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईका दाम्पत्य सम्बन्धमा सुधार आउने छ। प्रतिस्पर्धा जन्य कार्यमा समय उत्तम रहेको छ। तपाईको पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ। नयाँकार्य थालनिको योग रहेको छ। सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ। ब्यपार ब्यवसायमा समय उत्तम रहेको छ। अधुराकार्यहरु सुचारु गर्न समयले विशेष साथ दिने छ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने दिन रहेको छ। खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला। तपाईको प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला। मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने छ। तात्कालिक खर्चका कारण सामान्य आर्थिक झमेलामा फस्न सकिने सम्भाबना रहेको छ। 

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – पुरानो लगानी उठाउने राम्रो समय रहेको छ। मित्र जनको सहयोगबाट कार्य सम्पादनमा मदत पुग्ने छ। प्रतिस्पर्धा अबल रहने छ। आय मुलक कार्यको थालनी हुने छ। नयाँ कार्यको थालनिले तपाईको मनमा हर्ष पैदा गर्ने छ। अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – मान्यजनको सहयोगको कमी महसुस हुने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । तपाउको पारीवारको सहयोगद्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्ने छ। परिश्रमको उचित मुल्यांकन नहुनाले मनमा खिन्नताले हुने छ। 

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – मनोबिलासिताका सामान खरिद योग रहेको छ। दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहने छ। आफन्तजन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेको छ। पराक्रममा बृद्धि हुने देखिन्छ। नजिकका ब्यक्तिबाट बिश्वासघात हुन सक्छ। धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहने छ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – तपाईको मनमा चञ्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने देखिन्छ। वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी-भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्ने छ। शारीरिक अस्वस्थाको सामना गर्नु पर्ला । गरिरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेको छ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – मान्यजनको साथसहयोगको कमी महसुस गरने छ । भौतिक श्रोत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नु पर्ने छ। प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै राम्रो हुने छ। शारीरिक आलस्यताले सताउन सक्छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – यात्राका निम्ति सामान्य खर्च गर्नु पर्ने छ। प्रतिस्पर्धीहरुको कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा रहला। तपाईको स्वास्थमा भने सामान्य समस्या देखा पर्ने छ। गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहने छ। घर परिवारबाट टाढा भएको अनुभूति हुन सक्ने छ। सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु होला ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहने छ तथा पारिवारीक मनोरञ्जका निम्ति सामान्य खर्च हुने छ। सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्ने सक्छ । बिद्यार्थी बर्गका लागि दिन उत्तम रहने छ। रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेको छ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – पारीवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ। नयाँ कार्यको थालनिले ताईको मनमा हर्ष पैदा हुने छ। भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ। प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहने छ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईको निर्णय गर्ने क्षमतामा कमी आउने देखिन्छ। नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमी आउने छ। तपाईको शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्ने छ। सामान्य खर्च भएता पनि तपाईको मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन। सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ। स्थीर क्षेत्रमा गरिएका लगानिको उत्तम प्रतिफल प्राप्त हुने छ ।

    प्रतिकृया दिनुहोस्

    धरान रन एजुकेशन फन्डद्धारा शैक्षिक सामग्री प्रदान

    जेठ-६, आइतबार/धरान – धरान रन संस्थाले “धरान रन नेवा एजुकेशन फन्ड २०८१” अन्तरगत शनिवार १३...

    सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

    युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज...

    अन्तत: कांग्रेसकै लाइनमा प्रचण्ड, छानबिन समिति बनाउने सहमती

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी...

    संखुवासभामा माछा मार्ने क्रममा छेम्बीको करेन्ट लागेर मृत्यु

    जेष्ठ-५, शनिबार/संखुवासभा – संखुवासभा चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लबले जित्यो (फोटो फिचर)

    जेठ-४, शुक्रबार/धरान – धरान बास्केटवल संघ तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal