News Portal

  • आज बैशाख-२१ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    १००० पटक

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २१ गते शुक्रबार इश्वी सन २०२४ मे ३ तारीख बैशाख कृष्णपक्ष दशमी तिथी शतभिषा नक्षत्र ब्रह योग वणिज चन्द्रमा कुम्भ राशीमा आनन्दादि योगमा सौम्य योग कालयुक्त नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋृतु प्रेस स्वतन्त्रता॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – नयाँ कार्यको थालनी गर्न राम्रो समय रहेको छ। साजेदारी कार्यमा विशेष सजग रहनु होला । आज आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुने छ। बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्ने छ। आज तपाईको अध्ययन अध्यापनमा समय उत्तम रहेको छ। कलाकौशलका क्षेत्रमा समय ब्यतित रहने योग रहेको छ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईद्वारा सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्ने सक्छ। मान्यजन तथा पारिवारीक सहयोगमा केहि दुरताको सामना गर्नु पर्ला। भौतिक साधनको प्रयोगमा विशेष ध्यान दिनु राम्रो रहने छ। बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । आज सबारी साधनको प्रयोगमा विशेष साबधानी अपनाउनु पर्ने देखिन्छ ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईका कामकाजको क्षेत्रमा भने विशेष सजग रहनु पर्ने योग रहेको छ। तपाईले नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुने छ। तपाईको आटँ र शाहसमा बृद्धि भएता पनि साथी-भाईहरु टाडिएको अनुभव हुन सक्ला। तपाईका मान्यजनहरुको सहयोगमा गरिएको कार्यहरु उत्तम रहने देखिन्छ। आज यात्रामा साबधानी अपनाउनु होला।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाइको बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनु होला। आज तपाईका संचित रकम खर्च हुन सक्ने छ। आज खानपानमा विशेष ध्यान दिनु होला। आज सामान्य चोट पटक वा स्वास्थ्य सम्बन्धी समस्याको सामना गर्नु पर्ने छ। नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने देखिन्छ। आज अरुको विश्वासमा नगर्नु राम्रो हुने छ। 

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईका ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्ने छ। तपाईका खुट्टा तान्ने ब्यक्तिहरुको बृद्धि हुनाले कार्यसम्पादनमा विशेष होसियार रहनु होला। तपाईका निर्णय गर्ने क्षमतामा कमी आउने देखिन्छ। अधुराकार्य सम्पादनका निम्ति उत्तम समय रहेको छ।तपाईको शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहने छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम गर्नु पर्ने देखिन्छ। तपाईका मनमा सामान्य चिन्ताले बास गर्ने छ । तपाईका परीवारका सदस्यहरुबाट टाढा भएको महसुस हुने छ। तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने छ। तपाईका नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ।

    तुला राशिः  र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ। आज तपाईका आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउने छ। आज अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला। मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहने छन्। तपाईका कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहने देखिन्छ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईको सबारी साधनको प्रयोगमा विशेष ध्यान दिनु होला। सभासम्मेलनमा सहभागी हुन सक्ने योग रहेको छ। आज मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ। तपाईको ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ। आज सामाजिक कार्यमा जुट्ने समय रहेको छ। तपाईको मानसम्मान प्राप्तिको योग रहेको छ। तपाईको सवारी साधनको प्रयोमा ध्यान पुऱ्याउनु होला ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईको आट शाहसमा बृद्धि हुनाले तपाईका बिपक्षी कमजोर रहने देखिन्छ। आज मित्र तथा दाजु-भाई बिचको सम्बन्धमा सुधार आउने छ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ। मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेको छ। तपाईका माल सामान हराउन सक्ने सम्भाबना रहेको छ। आज अपरीचित ब्यत्तिहरुको विश्वास नगरेको राम्रो हुने छ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज खानपानको क्षेत्रमा विशेष ध्यान दिनु होला । आज तपाईको लगानी भोलिका निम्ति फाईदा जनक रहेको छ। तपाईको स्वास्थ्य सम्बन्धी समास्याले सताउन सक्छ। आज अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जको सामनी गर्नु पर्ला। तपाईको मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने देखिन्छ। सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईको मानसिक चञ्चलताले गर्दा कार्य दिगो नरहन सक्छ। तपाईको पारीवारिक झमेलाले सताउन सक्छ। तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्ने देखिन्छ। आज तपाईको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ। दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। तपाईका ब्यापार ब्यवसायका निम्ति उत्तम समय रहेको छ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज अरुको विश्वास गर्नाले धोका हुन सक्छ। तपाईका खुट्टा तान्ने ब्यक्तिहरुबाट बच्नु पर्ने समय रहेको छ। सामान्य आर्थिक अभाब झेल्नु पर्ला। तपाईका पारिवारीक झमेलाले सताउन सक्छ। तपाईको स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। आज खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ। आज कार्य क्षेत्रमा अरुको दबाबको महसुस गर्नु हुने छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार १४ गतेको राशिफल

    आज असार १४, २०८२ (जुन २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कार पछि हत्या, पाँच जना युवक पक्राउ

    काठमाडौं, असार १३ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गतको छ्याङ्दी जङ्गल क्षेत्रमा असार ११ गते एक...

    अमेरिकी आक्रमण निष्प्रभावी रह्यो : सर्वोच्च नेता खामेनीको टिप्पणी

    तेहेरान, असार १३ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले इरानको आणविक कार्यक्रमलाई लक्षित...

    आर्थिक अभावका कारण २ वर्षीया छोरी बचाइदिन आग्रह

    रबिन्द्र बराल/ मोरङ, असार १३ – मोरङको कानेपोखरी–२, दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे...

    सरकारमा कुनै खालको समस्या छैन, गृहमन्त्रीविरुद्धको आरोप निराधार : देउवा

    चितवन, असार १३ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारभित्र कुनै गम्भीर समस्या...