News Portal

  • १८ वर्षपछि सडक कालोपत्र

    हिमालीसंचार संवाददाता
    १२९ पटक

    म्याग्दी। जिल्लाको मालिका गाउँपालिका– ६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। नयाँपत्रिकाका अनुसार पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्री सडक कालोपत्र गरेको हो।

    उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताए। ‘बर्खामा हिलो र हिउँदमा धुलोले सताएको थियो,’ उनले भने, ‘सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको छ।’

    तीव्र रूपमा बस्ती विकास भइरहेको उपल्लो दरवाङमा ०६३ मा स्थानीयवासी र तत्कालीन गाविसको बजेटबाट सडक खोलिएको थियो। यहाँ एक सय घर छन्। उपल्लो दरवाङको सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालू आर्थिक वर्ष ०८०/८१ मा रु. ६५ लाख बजेट विनियोजन भएको थियो।

    गत पुसमा रु. ५८ लाखमा ठेक्का सम्झौता गरेको सक्षम निर्माण सेवाले दुई सय ५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय मिटरमा पक्की नाली निर्माण गरिसकेको पूर्वाधार विकास कार्यालय म्याग्दीका सबइन्जिनियर रविन चोखालले बताए।

    मालिका गाउँपालिकाले सो सडकमा यसअघि करिब ४ सय मिटर पक्की नाली निर्माण गरेको थियो। यसअघि गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय र उपल्लो दरवाङ जोड्ने सडक ढलान गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेली स्थित श्री सन्सारीमाई मन्दिरमा चण्डि पूर्णिमाको दिन मेला लाग्ने

    जेष्ठ ७,सोमबार/मोरङ – मोरङमा बैशाख-१ गते सुनवर्षी थानदेखि सुरु भएको सिरुवामेला चण्डी पुर्णिमाको दिन श्री...

    धरान रन एजुकेशन फन्डद्धारा शैक्षिक सामग्री प्रदान

    जेठ-६, आइतबार/धरान – धरान रन संस्थाले “धरान रन नेवा एजुकेशन फन्ड २०८१” अन्तरगत शनिवार १३...

    सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

    युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज...

    अन्तत: कांग्रेसकै लाइनमा प्रचण्ड, छानबिन समिति बनाउने सहमती

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी...

    संखुवासभामा माछा मार्ने क्रममा छेम्बीको करेन्ट लागेर मृत्यु

    जेष्ठ-५, शनिबार/संखुवासभा – संखुवासभा चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal