News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • दोस्रो अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लबले जित्यो (फोटो फिचर)

    विकास चाम्लिङ राई, धरान
    ४८० पटक

    जेठ-४, शुक्रबार/धरान – धरान बास्केटवल संघ तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको उपाधि महिलातर्फ आइएसए नेपाल काठमाडौं र पुरुषतर्फ इमोर्टल क्लबले जितेका छन्।

    इन्डोर बास्केटवल कोर्ट धरान रंगशालामा शुक्रवार सम्पन्न फाइनल खेलमा आइएसए नेपालले धरान मेघा कलेजलाई ३९–३१ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका हुन्। पहिलो क्वाटरमा ५–५ बराबर अंक जोडेका आइएसए र धरान मेघाले दोस्रो क्वाटरमा ११–१३ अंक जोड्दै पहिलो हाफमा मेघा कलेज १८–१६ अंकले अग्रता लिएका थिए। 

    दोस्रो हाफको खेल सुरु भएपछि आइएस नेपालले आफ्नो खेललाई सुधार्दै तेस्रो क्वाटरमा १२–४ र चौथो क्वाटरमा ११–९ अंकको अग्रता बनाउदै उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । आइएसए नेपालले उपाधि संगै नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। 

    टिमलाई उपाधि दिलाउन प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका सन्ध्या डंगोल प्रतियोगिताको उत्कृष्ट खेलाडि पुरस्कार एमभिपि उपाधि विजेता घोषित भए। उनले नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। डंगोलले फाइनल खेलमा व्यक्तिगत २१ अंक जोडेका थिए । उपविजेता धरान मेघा कलेजले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

    त्यस्तै, पुरुषतर्फको खेलमा इमोर्टल क्लबले यलम्वर क्लबलाई ७५–५६ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका थिए। सहज जित निकाल्न सफ इमोर्टलले प्रत्येक क्वाटरमा यलम्वर विरुद्ध १५–१२, २१–११, २१–१५ र अन्तिम क्वाटरमा १८–१८ अंक जोडेका थिए । इमोर्टलले उपाधि संगै नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। इमोर्टलबाट उत्कृष्ट प्रदर्शन गरेका अभिशेक डंगोल प्रतियोगिताका उत्कृष्ट खेलाडि एमभिपि उपाधि विजेता घोषित भए। उनले नगद १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। उपविजेता बनेका यलम्वरले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको राइजिङ्ग प्लेयर महिलातर्फ इमोर्टल क्लवका सुनिता राई र पुरुषतर्फ सविन राई घोषित भए । सुनिता राईले नगद २ हजार ५ सय, र सविन राईले नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

    प्रतियोगिताको फाइनल खेल अघि दोस्रो प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन सम्पन्न भएको थियो । थ्री पोइन्ट च्याम्पियन उपाधि महिलातर्फ धरान मेघा कलेजका सितल तामाङ र पुरुषतर्फ यलम्वर क्लबका दिवस राईले जिते । उनीहरुले जनहि नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । 

    विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका मेयर हर्कराज राई “साम्पाङ”, सभाध्यक्ष धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, उपाध्यक्ष विवेक राई, एकिकृत समाजवादी धरान उपमहानगर अध्यक्ष रेवतिरमन राई, अल्फाविटा कन्सलटेन्टका डाइरेक्टर सन्जिव वान्तावा लगायतले वितरण गरेका थिए । 

    प्रतियोगिताको सम्पूर्ण खेल इन्डोर बास्केटवल कोर्ट धरान रंगशालामा सम्पन्न भएको थियो। प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटवल सघले गरेका थिए ।

    तस्वीर: विशेष गुरुङ, धरान

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १०, २०८२ (मे २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

    काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा...

    प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

    पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका...

    रवि लामिछानेको मुद्दामा त्रिपाठी र भण्डारीको चेतावनी : “छाड्नु नै हुँदैन”

    काठमाडौं, जेठ ९ – सहकारी कोष अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध...

    गुनासो सुन्ने अभियानको सुरुवात कोशीबाट, विद्युत् आपूर्तिमा विश्वसनीयता कायम गर्ने प्रयास तीव्र

    काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा...