News Portal

रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

रबिन्द्र बराल, मोरङ
३१४ पटक

बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध आमाहरु अभियान कार्यक्रमलाई प्रहरीले सक्रियताका साथ अगाडि बडाएको छ।

प्रहरीले रंगेली नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै अभियानलाई अगाडि बढाउन थालेको हो। कार्यक्रममा रंगेली प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले “दुर्व्यसन विरुद्ध आमाहरु” अभियानको औचित्यमाथी प्रष्ट पारेका थिए। प्रमुख अतिथिले कार्यक्रमको बारेमा एक व्यक्तिले मात्रै समाज परिवर्तन नहुने तर सबै नगरवासी आ-आफ्नो तर्फबाट लागि परे समाजमा लागुऔषध  मुक्त हुने र न्यूनीकरण समेत हुने बगडियाले बताए।

कार्यक्रममा रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडिया, उपमेयरमा पराजुली, कार्यकारी अधिकृत ओमकार न्यौपाने, महिला सञ्जालका पुनम सापकोटा, अन्नपूर्ण मण्डल, शान्ता श्रेष्ठ, गायत्री श्रेष्ठ, औषधी व्यवसायी पंकज मण्डल, नरेश मण्डल  नगर क्षेत्रमा सक्रिय महिला, अधिकारकर्मीहरु, आमा समुह, औषधी व्यवसायी लगायतको कार्यक्रममा सहभागी रहेको थियो।   

दुर्व्यसन विरुद्ध आमाहरु अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाकी उप-प्रमुख भुमा पराजूलिको अध्यक्षतामा १० सदस्यीय पालिका स्तरिय समिति समेत गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...