News Portal

  • तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    १०८ पटक

    कुवेत-“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो। भने (१०९)जना स्वयंसेवी रक्तदाता हरुले रक्तदान गरेका थिए।

    तमू समाज,कुवेतका अध्यक्ष राजु गुरुङको अध्यक्ष्यतामा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल, बिशिस्ट अतिथि NRAN कुवेतका अध्यक्ष रणध्वज लामा,सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा:समर (Dr Samar) अतिथिहरुमा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,कार्यक्रममा नेपाली दुतावास परिवार कुबेतका बिभिन्न संघ सस्थाका प्रतिनिधीहरु,पत्रकारहरु तथा स्वंयम सेवी रक्तदाता हरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

    अपरान्ह दुई बजेदेखि शुरु भएको उक्त कार्यक्रम लाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी, बिशेष अतिथीहरु द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए।कार्यक्रमको प्रमुख अतिथि महामहिम राजदूतले रक्तदानको महत्वलाई प्रस्ट पार्दै यस मानिवय कार्यमा सङ्लग्न सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिदै यस्तो पवित्र कार्य आयोजना गरेकोमा आयोजक तमू समाज, कुवेतको खुलेर प्रसंशा गर्नु भएको थियो।

    शुभकामना मन्तब्यकै क्रममा ब्लड बैंकका प्रतिनिधि (डा समर – Dr Samar ),गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, कुवेत अध्यक्ष रणध्वज लामा,नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल,NRAN कुवेतका वरिष्ठ उपाध्यक्ष दिलकुमार पाख्रीनले शुभकामना मन्तव्य दिएका थिए।

    समाजका बरीष्ठ सल्लाहकार, कार्यक्रम संयोजक (खोप गुरुङ)ले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष राजु गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीहरु माझ सचेतना जगाउदै यस्ता मानविय कार्यमा उप्रेरणा जगाउन तमू समाज हरदम लागि परेको प्रस्ट्याउदै उक्त आठौ वृहत रक्तदान कार्यमा सहयोग गर्नुहुने नेपाली राजदुताबास,नेपाली सँघ-संस्था,एवं पत्रकार लगायत सम्पूर्ण रक्तदाता सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

    प्रतिकृया दिनुहोस्

    सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

    युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज...

    अन्तत: कांग्रेसकै लाइनमा प्रचण्ड, छानबिन समिति बनाउने सहमती

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी...

    संखुवासभामा माछा मार्ने क्रममा छेम्बीको करेन्ट लागेर मृत्यु

    जेष्ठ-५, शनिबार/संखुवासभा – संखुवासभा चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लबले जित्यो (फोटो फिचर)

    जेठ-४, शुक्रबार/धरान – धरान बास्केटवल संघ तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा...

    महानगरको शौदर्यकरणका लागि कुमारी बैंकद्वारा आर्थिक सहयोग

    जेष्ठ-४, शुक्रबार/मोरङ – विराटनगरमा रहेको  कुमारी बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ।  विराटनगर महानगरपालिका क्षेत्रभित्र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal