News Portal

  • सशस्त्र प्रहरीले जोगायो नदीले बगाउँदै गरेका व्यक्तिको ज्यान

    हिमालीसंचार संवाददाता
    १३२ पटक

    सप्तरी। बैशाख २१ गते बिहान करिब ९ बजेको हुँदो हो। कन्चनरुप नगरपालिका–१ स्थित बैरवाको उत्तर कोशी नदीको सहायक नदी त्रियुगा नदीमा अकस्मात २ जना ब्यक्ति नदीले बगाएर ल्याएको देखिन्छ। उनीहरु बचाऊ बचाऊ गर्दै जीवन रक्षाको याचना गरिरहेका थिए।

    यता नदी किनारमा ¥याफ्ट बोटसहित लाइफ ज्याकेट र सेफ्टी हेल्मेट लगाएको फौज तैनाथ थियो। सोही बेला बरमझियास्थित सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयका तालिम प्राप्त टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको देखिन्छ। हेर्दा र सुन्दा नरमाइलो लागे पनि त्यो जल उद्धारसम्बन्धी अभ्यास थियो।

    सप्तरीमा चैत १५ गतदेखि सञ्चालन भएको जल उद्धार तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीको प्रमुख आतिथ्यतामा समापन भइरहेको कार्यक्रमको दृष्य थियो। २८ दिनसम्म चलेको उक्त तालिममा सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटहरुबाट २८ जना सहभागी थिए।

    तालिम समापनको उक्त अवसरमा कञ्चनरुप नगरपालिका–२ स्थित त्रियुगा नदीमा जलबाट उत्पन्न हुने विभिन्न प्रकोपहरुको सिमुलेशन एक्सरसाइज गरी समापन गरिएको थियो।

    सो अवसरमा जलद्वारा उत्पन्न हुने विभिन्न प्रकोपका घटनाहरुमा परेका/फसेका व्यक्तिलाई नदी वा पानीमा नपरी डोरी र लाठीको सहायताद्वारा गरिने ड्राई रेस्क्यू, बोटद्वारा गरिने रेस्क्यू, विभिन्न इम्प्रोभाइज फ्लोटिङ डिभाइसद्वारा गरिने रेस्क्यू, अपर वाटर रिभर क्रसिङ विधीद्वारा गरिने उद्धार अभ्यासहरु र उद्धारकद्वारा पौडी खेली पानीमा फसेका ब्यक्ति समक्ष पुगी गरिने उद्धार अभ्यासको प्रदर्शनी गरिएको थियो।

    अभ्यास कला अवलोकनका लागि शिक्षालयमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, अन्य दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

    सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गरी विभिन्न विपद्जन्य विशेष प्रकृतिका तालिमहरु थप सञ्चालन गर्दै लैजानु पर्नेमा जोड दिएका थिए।

    उनले स्थानीय निकायहरुसँगको सहकार्यमा यस्ता प्रकृतिका प्रशिक्षणहरुले विपद्जन्य घटनाहरुमा समुदायस्तरका युवाहरुलाई तत्काल उद्धार कार्यमा परिचालन गर्न सकिएमा क्षती न्यूनीकरण गर्न सहज हुने भएकोले सोही अनुरुप कार्ययोजनासहित अगाडि बढ्नु पर्ने बताए।

    सशस्त्र प्रहरी बल नेपाल विपद उद्धार कार्यमा दक्ष जनशक्ति रहेको सुरक्षा संगठन हो। विपद व्यवस्थापनमा बंगलादेश र नेपालमै तालिम प्राप्त गोताखर जनशक्ति सशस्त्र प्रहरीमा रहेका छन्।

    सशस्त्रको आफ्नै विपद व्यवस्थापन तलिम केन्द्र कुरिनटारमा रहेको छ। हालै मात्र हरेक प्रदेशमा सशस्त्र प्रहरी विपद व्यवस्थापनको कार्य मात्र गर्ने गरी डिएसपीको कमान्ड युनिट स्थापना गरेको छ।

    प्रतिकृया दिनुहोस्

    सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

    युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज...

    अन्तत: कांग्रेसकै लाइनमा प्रचण्ड, छानबिन समिति बनाउने सहमती

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी...

    संखुवासभामा माछा मार्ने क्रममा छेम्बीको करेन्ट लागेर मृत्यु

    जेष्ठ-५, शनिबार/संखुवासभा – संखुवासभा चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लबले जित्यो (फोटो फिचर)

    जेठ-४, शुक्रबार/धरान – धरान बास्केटवल संघ तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा...

    महानगरको शौदर्यकरणका लागि कुमारी बैंकद्वारा आर्थिक सहयोग

    जेष्ठ-४, शुक्रबार/मोरङ – विराटनगरमा रहेको  कुमारी बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ।  विराटनगर महानगरपालिका क्षेत्रभित्र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal