
कुवेत– नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो ३१ मे २०२४ शूक्रबार को दिन नेपालबाट आमन्त्रित ख्यातिप्राप्त अथिति कलाकारहरु गायक गायिका शिब परिवार र रचना रिमाल लाई कुवेत ल्याउने भएको कार्यक्रम संम्योजक दमोदर बाटलले बताए।
प्रत्येक बर्ष सांगीतिक कार्यक्रम संगै नेपालमा सामाजिक काम पनि गर्दै आइरहेको समाजले यसअघी पनि नेपालको बहुचर्चित गायक अतिथी कलाकारहरु गायक डम्बर नेपाली, गायक बिजय लामा, गायिका सावित्री जोशी, गायिका ज्योति मगर, राजेश पायल राई,मेचु धिमाल, प्रमोद खरेल,को साथमा भब्य साङ्गीतिक कार्यक्रमहरु गरी सकेको छन।
उक्त दिन हुने सांगीतिक कार्यक्रमा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ। उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका छन।
कार्यक्रमको विवरण:
मितिः- मे 31 तारिक 2024
शुक्रबार स्थानः- अस्पाएर ईण्डियन सेन्टरल स्कुल, जिलिप
समयः- बिहान ११ बजेदेखी
आयोजक :- नेपाल कुबेत सरोकार समाज
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
