News Portal

  • उपकुलपति कोइराला सधैं विवादित, सुर्खेतमा पनि विवादमुक्त रहेनन्

    हिमाली संचार संवाददाता
    ४९१ पटक

    सुर्खेत : विराटनगरको कोइराला कूलमा जन्मिएका उपेन्द्रकुमार कोइरालाले कम्युनिष्ट बनेर थुप्रै राजनीतिक लाभ लिए । प्राज्ञिक क्षेत्रका प्रा.डा. कोइरालाले प्राज्ञिकसँगै अन्य आकर्षक ठाउँमा राजनीतिक नियुक्ति पाए । तर, जहाँ–जहाँ गए उनी विवादमुक्त हुन सकेनन् । उनी अहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पाँचौं काण्ड झेलिरहेका छन् ।

    कोइरालाले नेपाल खाद्य संस्थान, महेन्द्र मोरङ क्याम्पस, नेपाल आयल निगम, उच्च माध्यमिक शिक्षा परिषद् र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यकारी प्रमुखको जिम्मेवारी पाए । पछिल्लो समय मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलपति रहेका प्रा.डा. कोइरालाले कार्यकारी परिषद्मा गरेको ‘गैरकानुनी’ निर्णयकै कारण साढे दुई महिनादेखि विश्वविद्यालयमा तालाबन्दी छ । विद्यार्थी र प्राध्यापक आन्दोलनमा छन् । अहिले सुर्खेतमा उनै कोइरालाले विगतमा कुन जिम्मेवारीमा कसरी विवादित भए भन्ने आमचासो बनेको छ ।

    खाद्य संस्थानको महाप्रवन्धक भएलगत्तै २०५५ सालमा महेन्द्र मोरङ क्याम्पसमा क्याम्पस प्रमुख भएका उनीमाथि आर्थिक अनियमितताको आरोप लाग्यो । त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षा परियोजना अन्तर्गत क्लस्टर प्रोग्रामको लागि आएको एक लाख डलरमा उनले अनियमितता गरेको आरोप झेल्नुपरेको थियो ।

    विश्वविद्यालयले एक छानबिन समिति गठन गरी अनुसन्धान पनि थाल्यो । ‘समितिले उनीमाथि लागेको आरोप पुष्टि गरी निलम्बन गर्दै कारबाहीको सिफारिस पनिग¥यो’ क्याम्पसका तत्कालीन प्राध्यापक संघ सभापति भक्ति पौडेलले भने, ‘तर राजनीतिक दाउपेजमा अब्बल उनले कारबाही खेप्नु परेन उन्मुक्ति पाए ।’ करिब ३५ लाख रुपैयाँ अनियमितता भएको भनिएको उक्त घोटालाकै कारण क्याम्पसले अर्को चरणमा पाउने दुई लाख डलर पनि गुमाएको उनले बताए । कोइराला मोरङबाट त्रिभुवन विश्वविद्यालयको सूचना आयोगमा प्रमुख भएर काठमाडौं गए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन-जी आन्दोलनपछि लिङदेनको टिप्पणी : ‘युवाहरु हाम्रो पार्टीप्रति सकारात्मक छन्’

    काठमाडौं, असोज  ८ – हालैको जेनजेड आन्दोलनले मुख्य दलका नेताहरुको घर–घरमा तोडफोड र आगजनी भयो।...

    बत्ती झ्यापझ्याप जाने समस्या– नयाँ एमडीले भने, प्रणाली नै कमजोर छ

    काठमाडौं, असोज ८ – नेपालमा लोडसेडिङ हटाउन ठूलो भूमिका खेलेका कुलमान घिसिङ अहिले ऊर्जामन्त्री बनेका...

    रास्वपाको वेबसाइटमा ह्याकर समूहको आक्रमण, रवि लामिछाने लक्षित सन्देश

    काठमाडौँ, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ‘जेनजी राइजिङ नेपाल’ नामक...

    रास्वपाको केन्द्रीय समिति बैठक आज पनि जारी

    काठमाडौं, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बसिरहेको...

    देउवा दम्पती डिस्चार्ज हुँदै, अस्थायी बसोबास ललितपुरमा

    काठमाडौं, असोज ८ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...