News Portal

उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

५७० पटक

कमल सिंह ठकुरी/हिमाली संचार 

४ अक्टोबर २०२५ शनिबार।
कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर मिलिजुली समाज कुवेतले बिहीबार र शुक्रबार कुवेतको कबड क्षेत्रमा दशैं बिशेष कार्यक्रम तथा पिकनिक आयोजना गरी मनाएको छ।

बडा दशैंकाे अवसरमा आयोजित सोही कार्यक्रममा कुवेतका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुकाे उपस्थिति रहेको थियो। त्यस्तै, युवा शक्ति कुवेतका अध्यक्ष विशाल डल्लाकोटी (दारी बा) सहितका अन्य प्रतिनिधि तथा सदस्यहरूको उपस्थिति रहेको थियो भने संचार क्षेत्रबाट हिमालीसंचार मिडिया, क्वालिटीखबर मिडिया, जोन मिडिया र चिरपरिचित फोटोग्राफर इन्द्र मगरलगायतको उपस्थिति रहेको थियो।

सन् २०२१ मा स्थापना भएको उदयपुर मिलिजुली समाज कुवेतका संस्थापक संरक्षक युवक राई (ठिम्मर) का अनुसार नेपालमा उदयपुरे दाजुभाई तथा दिदीबहिनीहरुलाई आपतबिपत पर्दा आफ्नो संस्थाका सदस्यहरूबाट रकम जम्मा पारेर आर्थिक सहयोग गर्दै आइरहेको बताए।

यो पनि पढ्नुहोस्।

कुवेतको अमान एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा भाग्यशाली विजेतालाई १ लाख बम्पर पुरस्कार !

त्यस्तै, उक्त संस्थाले सन् २०२५ मा मात्रै उदयपुर चौदण्डीगढी नगरपालिका-५ का मिर्गौला पीडित काशीनाथ आचार्य, रौतामाई गाउँपालिका-४ का तिलक बहादुर राय, त्रियुगा नगरपालिका-११ की अञ्चला बर्याललगायतका ९/१० जना पीडितहरुलाई आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष मोहन लुइँटेलले हिमालीसंचारसँगको कुराकानीमा बताए।

कुवेतमा रहेर उदयपुर मिलिजुली समाज सेवा अग्रणी भूमिकामा रहेर समाज सेवा गरिरहेको छ। यो संस्थाले गतवर्ष पनि कबड क्षेत्रमै दशैं कार्यक्रम भब्यसँग आयोजना गरी मनाएको थियो।

यो पनि पढ्नुहोस्।

युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...