News Portal

उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

६४४ पटक

कमल सिंह ठकुरी/हिमाली संचार 

४ अक्टोबर २०२५ शनिबार।
कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर मिलिजुली समाज कुवेतले बिहीबार र शुक्रबार कुवेतको कबड क्षेत्रमा दशैं बिशेष कार्यक्रम तथा पिकनिक आयोजना गरी मनाएको छ।

बडा दशैंकाे अवसरमा आयोजित सोही कार्यक्रममा कुवेतका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुकाे उपस्थिति रहेको थियो। त्यस्तै, युवा शक्ति कुवेतका अध्यक्ष विशाल डल्लाकोटी (दारी बा) सहितका अन्य प्रतिनिधि तथा सदस्यहरूको उपस्थिति रहेको थियो भने संचार क्षेत्रबाट हिमालीसंचार मिडिया, क्वालिटीखबर मिडिया, जोन मिडिया र चिरपरिचित फोटोग्राफर इन्द्र मगरलगायतको उपस्थिति रहेको थियो।

सन् २०२१ मा स्थापना भएको उदयपुर मिलिजुली समाज कुवेतका संस्थापक संरक्षक युवक राई (ठिम्मर) का अनुसार नेपालमा उदयपुरे दाजुभाई तथा दिदीबहिनीहरुलाई आपतबिपत पर्दा आफ्नो संस्थाका सदस्यहरूबाट रकम जम्मा पारेर आर्थिक सहयोग गर्दै आइरहेको बताए।

यो पनि पढ्नुहोस्।

कुवेतको अमान एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा भाग्यशाली विजेतालाई १ लाख बम्पर पुरस्कार !

त्यस्तै, उक्त संस्थाले सन् २०२५ मा मात्रै उदयपुर चौदण्डीगढी नगरपालिका-५ का मिर्गौला पीडित काशीनाथ आचार्य, रौतामाई गाउँपालिका-४ का तिलक बहादुर राय, त्रियुगा नगरपालिका-११ की अञ्चला बर्याललगायतका ९/१० जना पीडितहरुलाई आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष मोहन लुइँटेलले हिमालीसंचारसँगको कुराकानीमा बताए।

कुवेतमा रहेर उदयपुर मिलिजुली समाज सेवा अग्रणी भूमिकामा रहेर समाज सेवा गरिरहेको छ। यो संस्थाले गतवर्ष पनि कबड क्षेत्रमै दशैं कार्यक्रम भब्यसँग आयोजना गरी मनाएको थियो।

यो पनि पढ्नुहोस्।

युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

प्रतिकृया दिनुहोस्

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा...

सुनको भाउ ६ सयले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं, १४ फागुन – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बिहीबार वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी...

चुनाव अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण रोक

काठमाडौं, १४ फागुन – निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले चुनाव अवधिभर मादक...

आज २०८२ साल फागुन १४ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...