
– कमला थापा
२०८२ असोज १३ गते।
बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले खुसि र हर्ष उल्लासले मनाउन नपाएको दुई दशक बढी भयो। १२ बर्षको जनहत्या द्वन्दकाल १७ हजार जनताको आहुति बलि दिइयो। शान्तिको लागि भनेर ति पिडित जनताले परिवार गुमाएको पिडालाई समेत बिर्सन खोजे। कहिले दैविप्रकोप त कहिले मानविय बितण्डा तर रुने मनहरु भने ति अभागी आमाबुबाहरु नै परे। यस्पालीको महान् चाड विजया दशमी पनि त्यस्तै भयो। देश जल्यो आमाका काख रित्तिए, बाबुको मिहिनेत खेर गयो परिवार उजाडियो। Gen Z का नव- यूवाहरुले सामाजिक संजाल माथि लगाईएको प्रतिबन्ध खुला गरियोस भन्ने सानो माग लिएर सडकमा उत्रिएका स्कूलले बालकहरुमाथि सरकारको निर्मम, बरबर्ता पूर्ण दमन हत्याले आज सिगों देश रोएको छ। देश जलेको छ तर पनि ति सामान्ति, हिटलर चरित्रमा बदलाव आएको छैन। जनजनमा बदलाको भावना उत्पन्न भएको छ। यो सबैको प्रमुख कारक तत्व भनेको अहंकारी नेताहरु र पूर्वप्रधानमन्त्री केपी ओली हुन्।
“केपी ओलीले पुर्खा र सन्तति भनेको के हो बुझुन्। तपाईले जनताको काख रित्याउनु भयो। त्यहि जनताले तपाईको पुर्खाको पुकारको मान राखे, के फरक पाउनुभयो ! सोच्नुहोस्। आफ्नो बोलिमा लगाम लगाउनुहोस्। जनताको आक्रोस बढाउने काम, जनता आगो हुन्। आगोसंग खेलवाड गर्नु मुर्खता बाहेक अर्को हुन सक्दैन।”
आज यो पंक्तिकारलाई लेख्ने कत्तिपनि मन थिएन। मन जलेको छ, आत्मा रोएको छ। तर राजनीतिक दलहरु र निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको त्यो घमण्ड क्रोधले भरिएको आवाजले मनलाई रोकिन दिएन। यत्रो नरसम्हारबाट पनि केपी ओलीको चेतना खुलेको देखिदैन। उनिमा पश्चातापको कत्तिपनि आभास छैन। सत्ता र शक्तिको आडमा जनताको रगत पिउने नरपिचाशिए आदत भएका ब्यक्ति भित्र अरु हुन पनि सक्दैन। हिजो जसरी बोल्थे आजपनि उनको आवाजमा कमि आएको छैन। उनि अझै भन्दैछन् यो देशमा सुशासन र समृद्धि हामिले मात्र दिन सक्छौ। जनता मारेर सेनाको सरन मागेर भाग्न हतार भएको ब्यक्तिलाई लाज लाग्दैन ? कोही आमाबुबा, श्रीमति छोडेर भागे। कोही भारतिय राजदुतावास भित्र पसे, कोहि जलेका पार्टि कार्यालयको खरानीबाट उठ्छौ भन्दैछन् तर बिडम्बना यो देश बनाउछौ भन्ने कोही निस्किएनन्। बालबालिकाको मृत्युमा सहानुभूतिसम्म प्रकट गरेको सुनिएन। यस्ताले अब शुसासन दिन्छौ भन्दा अझै पत्याई दिनुपर्ने ? केपी ओली, मात्र नरसंहार चाहन्छन्। उनलाई साथ दिने दासहरुको चाहना, तालिको गडगडाहट पनि त्यस्तै छ। “उनको बसाइ अहिले सानो ठिमिको गुण्डुमा छ” उनलाई साथ दिन आउने संकास्पद ब्यक्तिहरु र लाईन लगाएर गरिएको फोटो सेसनले त्यहाको जनजिवन त्रसित बन्दै गएको छ। ओलीलाई गुण्डुबाट हटाइयोस् भन्दै उजुरी समेत परेको खवर आईरहेको छ। केपी ओलीले राम्रोसंग बुझनुपर्छ उनको झापाको घर बचाउन उनकै बुढा बाबुले प्रदर्शनकारीहरुसंग हात जोडेर बिन्ती गरेर बचाएका थिए। ति बुबालाई धेरै धेरै नमन छ। केपी ओलीले पुर्खा र सन्तति भनेको के हो बुझुन्। तपाईले जनताको काख रित्याउनु भयो। त्यहि जनताले तपाईको पुर्खाको पुकारको मान राखे, के फरक पाउनुभयो ! सोच्नुहोस्। आफ्नो बोलिमा लगाम लगाउनुहोस्। जनताको आक्रोस बढाउने काम, जनता आगो हुन्। आगोसंग खेलवाड गर्नु मुर्खता बाहेक अर्को हुन सक्दैन।
“राष्ट्रका धरोहर, एसियाको पहिलो नमुनाको रूपमा रहेको सिंहदरवार जो प्रशासनिक केन्द्र, जस्लाई राणाहरु आफु भाग्दा पनि सिंहदरवार जोगाएर गएका थिए। सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबै जलाए। यसो भन्नु पर्दा राज्यको तिनओटै अंग, कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिका, सबै जलाए जहां बहुदल, लोकतन्त्र र गणतन्त्र आएदेखि गरिएका कालो कर्तुतको जिउदो प्रमाण थियो।”
Gen Z को शान्तिपूर्ण आन्दोलनलाई ढाल बनाएर कुन-कुन राजनैतिक दलहरु र व्यक्तिहरुले फाईदा उठाए। कस्लाई कति फाईदा भयो ! कसैलाई सिंहदरवार जलाउनु थियो। कसैलाई १ लाख कार्यकर्ता ल्याएर सिंहदरवार घेर्नु थियो। कसैलाई जेलबाट भाग्नु थियो। हिजो गरेको भ्रष्टाचारको सबुत मेटाउनु थियो। द्वन्दकालका ज्यानसम्बन्धी मुद्दा, नागरिक बेचबिखनदेखि भू-माफियालाई बचाउनु थियो। ति सबैको अभिष्ट पुरा गर्न यो बिध्वोम्स गर्नु थियो। राष्ट्रका धरोहर, एसियाको पहिलो नमुनाको रूपमा रहेको सिंहदरवार जो प्रशासनिक केन्द्र, जस्लाई राणाहरु आफु भाग्दा पनि सिंहदरवार जोगाएर गएका थिए। सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबै जलाए। यसो भन्नु पर्दा राज्यको तिनओटै अंग, कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिका, सबै जलाए जहां बहुदल, लोकतन्त्र र गणतन्त्र आएदेखि गरिएका कालो कर्तुतको जिउदो प्रमाण थियो।
“संविधान, यो ब्यबस्था सक्कि सक्यो तर प्रधानमन्त्री “सुशीला कार्की म केहि पनि गर्न सक्दिन संम्बिधानले मलाई त्यो अधिकार दिएको छैन” भन्नुहुन्छ। के तपाई नवयूवाहरुको रगतले मुछिएको कुर्सीमा बसेर यो सम्बिधानको रक्षा गर्न पो आउनुभएको हो ? यहि एक थान मन्त्रीमण्डल बनाउनु मात्र थियो ? अहिलेसम्म यति छोटो अबधिमा सफल भएको कुनै आन्दोलन थिएन, एकैदिनमा १९ जना नावालकहरुको ज्यान लिएको ईतिहास छैन। ०६२/६३ सालको आन्दोलन ३ बर्ष चल्यो १९ दिनको तिब्र आन्दोलनले सफल भयो तर मात्र १९ जनाको मृत्यू भयो। जनताको मृत्युबाट आहत भएका राजा ज्ञानेन्द्र शाहले आफ्नो सिंहासन जनतालाई नासो बुझाएर बिदा भए। त्यो ईतिहास हेर्नुपर्दैन ?”
यि सबै काला चश्मा भित्र लुकेका आंखाहरुले नियालिरहेका रहेछन्। सबैको अभिष्ट पूरा भयो। कसैले प्रधानमन्त्री, मन्त्री पाए, अझै मन्त्री खान लालायित छन्। धिक्कार छ ! तर ति निर्दोष बालबालिकाले के पाए ? ति रित्तिएका आमाका काखहरुले के पाए ? Gen Z ले उठाएका मुद्दाहरु जहांको त्यहि छ। संविधान, यो ब्यबस्था सक्कि सक्यो तर प्रधानमन्त्री “सुशीला कार्की म केहि पनि गर्न सक्दिन संम्बिधानले मलाई त्यो अधिकार दिएको छैन” भन्नुहुन्छ। के तपाई नवयूवाहरुको रगतले मुछिएको कुर्सीमा बसेर यो सम्बिधानको रक्षा गर्न पो आउनुभएको हो ? यहि एक थान मन्त्रीमण्डल बनाउनु मात्र थियो ? अहिलेसम्म यति छोटो अबधिमा सफल भएको कुनै आन्दोलन थिएन, एकैदिनमा १९ जना नावालकहरुको ज्यान लिएको ईतिहास छैन। ०६२/६३ सालको आन्दोलन ३ बर्ष चल्यो १९ दिनको तिब्र आन्दोलनले सफल भयो तर मात्र १९ जनाको मृत्यू भयो। जनताको मृत्युबाट आहत भएका राजा ज्ञानेन्द्र शाहले आफ्नो सिंहासन जनतालाई नासो बुझाएर बिदा भए। त्यो ईतिहास हेर्नुपर्दैन ?
“सेनाले राजा ज्ञानेन्द्र शाहलाई सरकार यो देश अब हजुरले नै बचाउनुपर्यो, अन्यथा …… त्यसैले आफ्नो गद्दी लिनुपर्यो सरकार भन्दा “म जनताको रगतको आडमा आफ्नो श्रीपेच लगाउन चाहन्न” भन्ने जवाफ दिनुभएको भन्ने खवर आएको छ। त्यसैले भन्न सकिन्छ राजाहरु अवसरवादी हुदैनन्। राजा दिगो प्रजातन्त्र चाहन्छन्। जस्को लागि राजनैतिक दलहरु समेतको सहमति चाहेको देखिन्छ। राजनैतिक दलहरुको आंखाको बिर्को खुलोस।”
त्यसैले ” राजा ज्ञानेन्द्र शाहले यस्पालीको बिजया दशमीको टिका प्रदान नगर्ने घोषणा गरेका छन्। आज मौसुफ सरकारबाट बक्स भएको शुभकामना सन्देशमा उल्लेख गरिएको सानो हरफ जस्ताको तस्तै उल्लेख गर्ने अनुमति चाहन्छु।” यतिखेर राष्ट्र चरम बिध्वंश र शोकको अबस्थामा छ। त्यसैले पारिवारिक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन बाध्य भएको कुरा उल्लेख गरिएको छ। यसैबाट बुझन सकिन्छ। राजाहरु स्वार्थि , अवसरवादी हुदैनन्। राष्ट्र, राष्ट्रियता र जनताको लागि आफ्ना खुसीहरु त्याग्न सक्छन् भन्ने उदाहरण हो यो। आफ्ना पूर्वजहरुले राष्ट्रका लागि गरेको एकता, अखण्डता, सार्वभौमिकताको रक्षा गर्न दिएका त्याग र बलिदान नै आफ्नो अस्तित्व, स्वाभिमान नै गौरवशाली संस्कृतिको मेरुदण्ड हो। यहि आधारमा नेपाल सदां स्वतन्त्र र स्वाभिमानी राष्ट्रको रुपमा उभिएको छ। परनिर्भरता नेपाल कहिले रहेन र रहन दिनु पनि हुदैन भन्ने सन्देशका साथै आफ्नो बाटो आफै तय गर्ने सामर्थ राख्दै अखण्ड नेपाललाई निर्माण गर्नुपर्ने संदेश दिनुभएको छ। यस्तो महान सोचका कारण नै होला सेनाले राजा ज्ञानेन्द्र शाहलाई सरकार यो देश अब हजुरले नै बचाउनुपर्यो, अन्यथा …… त्यसैले आफ्नो गद्दी लिनुपर्यो सरकार भन्दा “म जनताको रगतको आडमा आफ्नो श्रीपेच लगाउन चाहन्न” भन्ने जवाफ दिनुभएको भन्ने खवर आएको छ। त्यसैले भन्न सकिन्छ राजाहरु अवसरवादी हुदैनन्। राजा दिगो प्रजातन्त्र चाहन्छन्। जस्को लागि राजनैतिक दलहरु समेतको सहमति चाहेको देखिन्छ। राजनैतिक दलहरुको आंखाको बिर्को खुलोस। बांकी श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
