News Portal

फेसबुक, ट्वीटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

३३५ पटक

काठमाडौं, १९ भदौ – सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्ने उद्देश्यले यो निर्णय जारी गरेको हो।

मन्त्रालयले आजैदेखि यी सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार मन्त्रालयको बैठकले सर्वोच्च अदालतको परमादेशअनुसार अनुमति नलिएका विदेशी डिजिटल प्लेटफर्म र ओभर द टप (ओटीटी) एप्समा विज्ञापनसहित सामग्री प्रसारणमा रोक लगाउने निर्णय गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले बुधबार सरकारलाई परमादेश जारी गर्दै अनुमति नलिएका डिजिटल प्लेटफर्म नेपालमा सञ्चालन गर्न नपाउने व्यवस्था लागू गर्न आवश्यक कानुन निर्माण गर्न निर्देशन दिएको थियो।

यसअघि जारी नियमावली अनुसार कुनै विदेशी प्रसारण संस्था वा डिजिटल सामग्री उत्पादकले नेपालमा आफ्नो सामग्री प्रसारण गर्न चाहँदा अनुमति लिनुपर्नेछ। सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...